बिहीबार नेप्से परिसूचक सामान्य अंकले बढ्याे : काराेबार रकममा पनि सुधार

 पुस २४, २०७६ बिहिबार १९:४६:१६ | रासस
unn.prixa.net

काठमाण्डाै - धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार सामान्य अङ्कले बढेको छ ।

साताको तीन दिन बजार बढे पनि बुधबार भने सामान्य अङ्कले घटेको नेप्सेमा बिहीबार भने झिनो अङ्कको सुधार देखिएको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार बिहीबार नेप्से ३.५१ ले वृद्धि भएर एक हजार २१३.११ मा पुगेको हो । यस्तै सेन्सेटिभ परिसूचक ०.९५ ले वृद्धि भएर २६४.२६ मा पुगेको छ ।

नेप्सेमा जस्तै सुधार कारोबार रकममा पनि देखिएको छ ।

बिहीआार जम्मा १७७ कम्पनीको ३८ लाख ४९ हजार ७२२ कित्ता शेयर ८३ करोड ७० लाख ३५ हजार ७५७ मूल्यमा खरीद बिक्री भए । नेप्सेका अनुसार कारोबार भएका जम्मा १२ उपसमूहमध्ये बिहीबार पाँच उपसमूहको शेयर उकालो लाग्दा सात उपसमूहको शेयर भने ओरालो लागे ।

बैंकिङ १.४२, होटल ६.३९, जलविद्युत् १.०५, वित्त ०.३४, उत्पादन १०.५१, अन्य २.५६ र सामूहिक लगानी कोष ०.०७ ले घट्दा व्यापार ४.२५, विकास बैंक ६.७९, निर्जीवन बीमा ९५.४१, लघुवित्त ६३ र जीवन बीमा १९.१२ ले बढेको छ ।

कारोबारका आधारमा बिहीबार सिभिल बैंक शीर्षस्थानमा रहेको छ । सिभिलकाे संस्थापक शेयर मात्रै २० करोड १८ लाख ८८ हजार १०० रुपैयाँ बराबर कारोबार भयो ।

गरिमा विकास लघुवित्त वित्तीय संस्था रु दुई करोड ३६ लाख २४ हजार १८, डिप्रोक्स लघुवित्त वित्तीय संस्था रु दुई करोड २४ लाख ३३ हजार ५१८, फष्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक रु एक करोड ७० लाख २७ हजार ६०२, बोमी माइक्रोफाइनान्स वित्तीय संस्था रु एक करोड ६८ लाख २८ हजार १०८, साना किसान विकास बैंक रु एक करोड ५८ लाख २४ हजार ३४३ र प्रभु बैंकको रु एक करोड ५४ लाख ७८ हजार १६५ बराबरको कारोबार गर्दै शीर्षस्थानमा रहे ।

नेप्सेका अनुसार स्वाभिमान लघुवित्त वित्तीय संस्थाका शेयरधनीले १० प्रतिशतले कमाउँदा सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था ९.९८, समता माइक्रोफाइनान्स वित्तीय संस्था ९.९०, घोडीघोडा लघुवित्त वित्तीय संस्था ९.८६, महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था ९.४९, नेपाल सेवा लघुवित्त वित्तीय संस्था ९.३३ र सामुदायिक लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ९.१० प्रतिशतले कमाए ।

त्यस्तै, रिलायन्स फाइनान्स ५.७३, राष्ट्रिय बीमा कम्पनी लिमिटेडको संस्थापक शेयर ४.८७, सेन्ट्रल फाइनान्स ३.७८, हिमालयन पावर पार्टनर २.६६, नेपाल इन्स्योरेन्स कम्पनी २.५१ र अरुण भ्याली हाइड्रोपावरका शेयरधनीले २.१५ प्रतिशतले गुमाए ।

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया