उखु किसानले बक्याैता रकम पाए कि पाएनन् ? : सरकारले आजदेखि अनुगमन सुरु गर्दै

 पुष २५, २०७६ शुक्रबार ९:६:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – उखु मिल सञ्चालकहरुले उखु किसानको बक्यौता रकम दिएकाे वा नदिएकाे बारे सरकारले शुक्रबारदेखि अनुगमन सुरु गर्ने भएको छ ।

सरकार र उखु किसानबीच भएको सहमतिअनुसार मिल सञ्चालकले भुक्तानी दिएकाे, नदिएकाे बारे आजदेखि अनुगमन थालिने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयकी उपसचिव उर्मिला केसीले जानकारी दिनुभयो ।

अनुगमनका लागि मन्त्रालयले वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई पत्र पठाइसकेको र आजदेखि विभाग र जिल्लामा रहेका अन्य संयन्त्रको माध्यमबाट अनुगमन गरिने उहाँले बताउनु भयो । सरकार र उखु किसानबीच माघ ७ गतेभित्र सबै भुत्तानी दिइसक्ने सहमति भएको छ ।

गएकाे पुस १८ गते सम्झौता भएपछि केही मिल सञ्चालकले उखु किसानको भुक्तानी बापतको रकम दिन सुरु गरिसकेका छन् । सर्लाहीमा रहेको महालक्ष्मी सुगर मिलले किसानको दिनुपर्ने २१ करोड रुपैयाँमध्ये १३ करोड रुपैयाँ किसानको खातामा जम्मा गरेर मिल सञ्चालन गर्न थालेको नेपाल उखु उत्पादक महासङ्घका अध्यक्ष कपिलमुनि मैनालीले जानकारी दिनुभयो ।

सर्लाहीकै अन्नपूर्ण सुगर मिलले भने उखु किसानलाई दिन बाँकी ५० करोडमध्ये दुई करोड रुपैयाँमात्रै दिएको छ । नवलपरासीको बाग्मतीले पनि केही रकम दिएर मिल सञ्चालन गरेको छ भने नवलपरासीकै इन्दिरा सुगर चिनी मिलले ९ करोड रुपैयाँ किसानलाई दिन बाँकी भएकोमा दिए, नदिएकाे बारे जानकारी नभएको मैनालीले बताउनु भयो ।

यस्तै, किसानले सरकारबाट अनुदान बापत पाउनु पर्नेमध्येको केही रकम पनि जिल्लामा पठाइसकेको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जनाएको छ । 

अन्तिम अपडेट: असोज २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया