नेपाल प्रेस इन्स्टिच्युटले आयोजना गरेकाे १० महिने पत्रकारिता तालिम सम्पन्न

 पुष २५, २०७६ शुक्रबार १६:३०:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल प्रेस इन्स्टिच्युटले सञ्चालन गरेको १० महिने पत्रकारिता तालिम शुक्रबार सम्पन्न भएको छ ।

इन्स्टिच्युटका अध्यक्ष नीलकण्ठ उप्रेतीले काठमाण्डौको त्रिपुरेश्वरमा आयोजित कार्यक्रममा सहभागीलाई प्रमाणपत्र वितरण गरी तालिमको समापन गर्नुभएको हो । 

अध्यक्ष उप्रेतीले पत्रकारहरुले नकारात्मक विषयवस्तुलाई धेरै उठाउने गरेको भन्दै सकारात्मक विषयवस्तुको पनि समाचार लेख्न आग्रह गर्नुभयाे। उहाँले सञ्चारमाध्यम र पत्रकारले विषयवस्तुको गहिरो अध्ययन र अनुसन्धान गरेर मात्रै सत्यतथ्यलाई आम नागरिकका बीच लैजानुपर्नेमा जोड दिनुभयो ।

समापन कार्यक्रममा इन्स्टिच्युटका पूर्व अध्यक्षहरु ध्रुवहरी अधिकारी, तीर्थ कोइरालासहित उपाध्यक्ष मण्टेश्वरी राजभण्डारी, महासचिव लक्ष्मण हुमागाईँ लगायतको सहभागिता रहेको थियो । २०७५ फागुनदेखि सञ्चालन भएको ३५ औँ ब्याचको तालिममा ३० जना प्रशिक्षार्थीहरुकाे सहभागिता रहेको थियो । 

अन्तिम अपडेट: फागुन १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया