इरानले ४ वटा अमेरिकी दूतावासमा आक्रमणको तयारी गरेकाले सुलेमानीको हत्या गर्नुपरेको हाे : राष्ट्रपति ट्रम्प

 पुष २६, २०७६ शनिबार ७:३४:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले ४ वटा अमेरिकी दूतावासमा आक्रमणको तयारी गरेकाले इरानी विशेष सैन्य दस्ता कुड्स फोर्सका तत्कालीन प्रमुख कासिम सुलेमानीको हत्या गर्नुपरेको बताउनुभएको छ ।

फक्स न्यूज च्यानलसँगको कुराकानीमा राष्ट्रपति ट्रम्पले ४ वटा अमेरिकी दूतावासमा इरानले आक्रमण गर्न लागेको थाहा पाएपछि सुलेमानीको हत्या गरेको दाबी गर्नुभएकाे बीबीसीले जनाएकाे छ ।

इराकको राजधानी बग्दादमा रहेको अमेरिकी दूतावातमा भएको प्रदर्शनको केही दिनपछि सुलेमानीको हत्या भएको थियो । ओहिओ राज्यमा निकालिएको चुनावी सभालाई सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले दूतावासमा आक्रमणको जानकारी पाएपछि सुलेमानीको हत्या गरिएको बताउनुभएको हो ।

राष्ट्रपति ट्रम्पको भनाईमा विदेशमन्त्री माइक पोम्पियोको पनि समर्थन छ । हजारौं मानिसको ज्यान जानुमा सुलेमानी मुख्य जिम्मेवार रहेको आरोप पनि ट्रम्प र पोम्पियोले लगाएको बीबीसीले जनाएको छ ।

यमनमा रहेका इरानका कमान्डर अब्दुल रेजा सालाईको पनि अमेरिकाले हत्याको योजना बनाएको नाम नबताउने सर्तमा एक अमेरिकी अधिकारीले बताएकाे खबरमा उल्लेख छ । तर यो आक्रमणमा भने सालाई बाँचेका ति अधिकारीले बताएकाे बीबीसीले जनाएको छ ।

यसैबीच अमेरिकी नौसेनाले अरेवीयन सागरमा नियमित यात्रा गरिरहेको बेला रुसी नौसेना जहाज आक्रामक रुपमा अघि बढेको आरोप लगाएको छ । उसले पाँचपटक खतराको विस्फोट गराएपछि मात्रै रुसी जहाजले बाटो परिवर्तन गरेको दाबी गरेको छ ।

रुसी रक्षा मन्त्रालयले भने यो आरोपको खण्डन गर्दै अमेरिकी नौसेनाले अन्तराष्ट्रिय नियम उल्लघंन गरेको दाबी गरेको बीबीसीले जनाएको छ । 

अन्तिम अपडेट: मंसिर २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया