एपीएफलाई पेनाल्टी शुटआउटमा हराउँदै सङ्कटा 'केपी ओली कप' को ...
फागुन १३, २०८१ मंगलबार
मकवानपुर - प्रदेश ३ को राजधानी र नामका विषयमा प्रदेशसभामा शनिबार प्रस्ताव पेश हुने भएको छ ।
प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले सुचना निकालेर शनिबार बिहान ९ बजेदेखि ११ बजेसम्म प्रदेशसभा सचिवालयमा प्रदेशको राजधानी र नामाकरणबारे प्रस्ताव दर्ता गर्न समय दिइएको जानकारी दिनुभयो ।
शनिबार दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा राजधानी र नामबारेकाे प्रस्ताव पेश गरेर र आइतबार प्रस्तावमाथि मतदान गर्ने तयारी रहेको सभामुख श्रेष्ठले जानकारी दिनुभयो ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको, प्रदेश ३ को संसदीय दलले प्रदेशको नाम वागमती र राजधानी हेटौंडा राख्ने निर्णय गरेपछि यो प्रस्ताव पारित हुने लगभग निश्चित जस्तै छ ।
संसदमा प्रस्ताव दर्ता गराउँदा वागमती र हेटौंडाको एकमात्र प्रस्ताव दर्ता गराउने निर्णय भएको नेकपा प्रदेश ३ का प्रमुख सचेतक रामेश्वर फुयालले बताउनुभयो । अरु दलले अरु प्रस्ताव गरेको खण्डमा मतदान हुनेछ । प्रस्ताव पारित हुन प्रदेशसभाको दुईतिहाइ बहुमत आवश्यक पर्छ ।
यसैबीच समाजवादी पार्टीले प्रदेश ३ को नाम वागमती र राजधानी हेटौंडा हुन नहुने भन्दै काठमाण्डाैको शान्तिवाटिकामा शनिबार विरोध प्रदर्शन गर्ने भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।