प्रदेश ३ को नाम वाग्मती र राजधानी हेटौँडा राख्न साझा र विवेकशील बाहेकका दल सहमत, संसदमा प्रस्ताव दर्ता

 पुष २६, २०७६ शनिबार १२:१२:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

मकवानपुर - प्रदेश ३ को नाम वाग्मती र स्थायी राजधानी हेटौँडा नै राख्न साझा र विवेकशील बाहेकका दल सहमत भएका छन् ।

विवेकशील नेपाली र साझा बाहेक सत्तारुढ नेकपा, मुख्य विपक्षी नेपाली कांग्रेस, राप्रपा र राप्रपा प्रजातान्त्रिकले प्रदेशको राजधानी हेटौँडा र नाम वाग्मती हुनुपर्ने प्रस्ताव संसदमा दर्ता गराएका छन् ।

तर, विवेकशील नेपाली र साझा पार्टीले भने प्रदेशको नाम वाग्मती नै रहे पनि राजधानी भने काभ्रेको धुलिखेल हुनुपर्ने प्रस्ताव दर्ता गराएका छन् । प्रदेशसभा सचिवालयमा राजधानीको नाम सम्बन्धी प्रस्ताव प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले र प्रदेशको नाम नेपाली कांग्रेसका इन्द्रबहादुर बानियाले दर्ता गराउनुभएको हो ।

शनिबार दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा राजधानी र नामबारेको प्रस्ताव पेश गरेर र आइतबार मतदान गर्ने तयारी रहेको सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

सत्तारुढ र सबैजसो विपक्षी दल सहमत भएपछि यो प्रस्ताव पारित हुने लगभग निश्चित जस्तै छ । यसैबीच समाजवादी पार्टीले प्रदेश ३ को नाम वाग्मती र राजधानी हेटौँडा हुन नहुने भन्दै काठमाण्डाैको शान्तिवाटिकामा शनिबार विरोध प्रदर्शन गर्ने भएको छ । 

अन्तिम अपडेट: फागुन १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया