काठमाण्डौ महानगरद्वारा ७३ जना बालबालिकाको उद्धार
फागुन १३, २०८१ मंगलबार
रसुवा - रसुवामा निर्माण भइरहेको माथिल्लो मैलुङ जलविद्युत् आयोजनाको काम रोकिएको छ ।
आयोजना निर्माण गर्दा स्थानीयलाई बेवास्ता गरेको र निजी जग्गामा असर पुर्याएको भन्दै स्थानीयले काम रोकेका हुन् । स्थानीयको अवरोधका कारण आयोजनाको तीन दिनदेखि काम अघि बढ्न सकेको छैन ।आ
आयोजनाले सडक निर्माणको क्रममा घरधनीको अनुमति नलिइ सडक खनेको, मुआब्जा नदिएको र जनप्रतिनिधिका आफन्तलाई ठेक्का दिएको भन्दै विरोध स्थानीयले जनाएका हुन् । आयोजनाले माग सम्बोधन गर्नुको साटो वार्तामा बस्नसमेत नमानेपछि काम रोक्न बाध्य भएको स्थानीय छेकु लामाले बताउनुभयो ।
शनिबार प्रभावित र आयोजनाबीच वार्ता भए पनि यसले कुनै निष्कर्ष निकाल्न सकेन । आयोजना र जनप्रतिनिधि मिलेर जथाभावी डोजर चलाउँदा १८ परिवारलाई प्रत्यक्ष असर पुगेको शेर्पाको भनाइ छ ।
जिल्लाको उत्तरगया गाउँपालिका–१ मा निर्माण भइरहेको १४.३ मेगावट क्षमताको आयोजनाले सडक निर्माणको काम मात्रै गरेको छ । आयोजनाले माग सम्बोधन गर्न चासो नदेखाएको भन्दै आइतबार आयोजनाको निर्माणस्थलमा जाने सडक अवरुद्ध गर्ने र वडा कार्यालय बन्द गराउने प्रभावितले चेतावनी दिएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।