एपीएफलाई पेनाल्टी शुटआउटमा हराउँदै सङ्कटा 'केपी ओली कप' को ...
फागुन १३, २०८१ मंगलबार
काठमाण्डाै - शताब्दी पुरुष सत्यमोहन जोशीले साँस्कृतिक ज्ञान पछिल्लो पुस्तालाई हस्तान्तरण गर्नु आवश्यक रहेको बताउनुभएकाे छ ।
काठमाण्डौको नैकापमा कमला कार्की स्मृति प्रतिष्ठानले शनिबार आयोजना गरेकाे कार्यक्रममा उहाँले नयाँ र पुराना पुस्ताबीच साँस्कृतिक आदान प्रदानमा जोड दिनुभयाे ।
पछिल्लो समय नयाँ पुस्तामा मुलुकको कला संस्कृति तथा ऐतिहासिक धरोहरहरुबारे पर्याप्त अध्ययन अनुसन्धान हुन नसकेको जोशीले गुनासाे गर्नुभयाे ।
कार्यक्रममा प्रतिष्ठानले आ–आफ्नो क्षेत्रमा योगदान पुर्याउने पत्रकार आरती लम्साल, गायिका सृजना केसी एवं भलिबल खेलाडी सलिना श्रेष्ठलाई जनही दश हजार नगदसहित सम्मान गरेकाे थियो ।
श्रेष्ठ राष्ट्रिय भलिबल खेलाडी तथा लम्साल न्युयोर्क सिटी पोष्टका नेपाल सम्पादक हुनुहुन्छ ।
कार्यक्रममा प्रतिष्ठानले लामो समयदेखि असहाय महिलाहरूको संरक्षणमा योगदान पुर्याउँदै आएको निसहाय सहारा केन्द्रकी अध्यक्ष सगुन शाहलाई असी हजार रुपैँयासहित सम्मान गरेको थियो ।
सम्मानित हुने अन्यमा चन्द्रागिरी नगरपालिका-१४ र १५ का जेष्ठ महिला धनमाया महर्जन र मिठु केसी हुनुहुन्थ्याे । उहाँहरु पनि जनही दश दश हजार रुपैयाँसहित सम्मान गरिएको थियो ।
प्रतिष्ठानका अध्यक्ष मोहन कार्कीले सम्मान र पुरस्कारलाई निरन्तरता दिँदै राष्ट्रिय स्तरमा समेत प्रतिभाहरूको प्रोत्साहन गर्ने बताउनुभयाे । कार्यक्रममा संघीय सांसद कृष्ण गोपाल श्रेष्ठ तथा उमेश श्रेष्ठलगायतको समेत उपस्थिति रहेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।