नवीकरणीय उर्जा संघको विश्व भेलामा मन्त्री पुन- नेपालमा तत्कालै ४२ हजार मेगावाट विद्युतकाे सम्भावना छ

 पुष २६, २०७६ शनिबार २०:२३:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

अन्तर्राष्ट्रिय नवीकरणीय उर्जा संघ (आइरेना) को १० औँ वार्षिक सम्मेलन संयुक्त अरब इमिरेट्सकाे अबुधाबीमा शनिबार सुरु भएको छ । 

विश्वका १ सय १० भन्दा बढी देशका उर्जामन्त्रीहरुको सहभागिता रहेको सम्मेलनमा नेपालबाट उर्जा, जलश्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन नेतृत्वको पाँच सदस्यीय टोली सहभागी छ । यस्तै प्रतिनिधिसभाको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिका सदस्यहरु राधाकुमारी ज्ञवाली, राजबहादुर बुढा र भूमि त्रिपाठी पनि सहभागी हुनुहुन्छ ।

सम्मेलनको उदघाटन सत्रपछि आयोजित अन्तरक्रियामा मन्त्री पुनले नेपाल नवीकरणीय उर्जाको श्रोतमा धनी रहेको बताउनुभयो । मन्त्री पुनले जलवायु परिवर्तनको असरका कारण जलविद्युत क्षेत्रमा नयाँ चुनौती खडा भएको चर्चा गर्दै दीर्घकालीन सोच र योजनासहित त्यस्ताे परिस्थितिको सामना गर्न विश्व समुदायको ध्यानकर्षण गराउनुभयो ।

आर्थिक र प्राविधिक हिसाबले नेपालमा तत्कालै ४२ हजार मेगावाट क्षमताको जलविद्युत उत्पादन गर्न सकिने सम्भवना रहेको उहाँले औँल्याउनुभयो । हाल १३ सय २६ मेगावाट राष्ट्रिय ग्रिडमा रहेको र २५ सय मेगावाट क्षमताका जलविद्युत आयोजनाहरु र ६ सय मेगावाट सौर्य उर्जा निर्माणका क्रममा रहेको र १८ हजार मेगावाटभन्दा बढी अध्ययनका क्रममा रहेको उहाँको भनाइ थियो ।

८८ प्रतिशत जनताको विद्युतमा पहुँच पुगेको र त्यसमध्येझण्डै १० प्रतिशत योगदान नवीकरणीय उर्जा (सानाज लविद्युत आयोजना, सोलार) बाट भएको उहाँले उल्लेख गर्नुभयो । उहाँले नवीकरणीय उर्जाको क्षेत्रमा इरिनाको अर्थपूर्ण सहयोगको अपेक्षागर्दै थपलगानी , शुलभ र पहुँचयोग्यप्रविधिमाविशेष ध्यानदिनइरिनालाई विशेष आग्रह गर्नुभयो । 

सम्मेलन प्रभावकारी र नतिजाउन्मुख योजनाबनाउनतथा बजेट तय गर्न प्रभाव सक्षमहुने विश्वास व्यक्तगर्दै मन्त्रीपुनले सम्मेलन पूर्ण सफलताको कामना गर्नुभयो । 

अन्तिम अपडेट: फागुन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया