काठमाण्डौ महानगरद्वारा ७३ जना बालबालिकाको उद्धार
फागुन १३, २०८१ मंगलबार
हेटाैँडा – प्रदेश ३ काे राजधानी हेटाैँडा कायम भएकाे छ ।
आइतबार बिहान भएकाे मतदानमा मुख्यमन्त्री डाेरमणि पाैडेलले राख्नुभएकाे प्रस्ताव बहुमतले स्वीकृत भएकाे हाे । प्रस्तावकाे पक्षमा १ सय ५ र विपक्षमा जम्मा ३ मत खसेकाे हाे ।
प्रदेश ३ काे राजधानी काभ्रेकाे धुलिखेल बनाउनु पर्ने पक्षमा ३ मतमात्र खसेपछि हेटाैँडा स्थायी राजधानी हुने पक्का भएकाे हाे ।
१ सय १० सदस्यीय प्रदेशसभामा एकजना अनुपस्थित रहेको र सभामुखले मतदान नगरेकाले १ सय ८ मत खसेको थियो । अहिले प्रदेशको नामाकरणको विषयमा मतदान भइरहेको छ ।
शनिबारकाे प्रदेश सभा बैठकमा सत्तारुढ नेकपा संसदीय दलका नेतासमेत रहनु भएका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश ३ को राजधानी हेटौँडा बनाउने सम्बन्धि प्रस्ताप र प्रमुख प्रतिपक्षी दल काङ्ग्रेसका नेता इन्द्रबहादुर बानियाँले प्रदेशको नाम वाग्मती राख्ने प्रस्ताव पेस गर्नुभएको थियो ।
यसअघि प्रदेश सभाले नाम र राजधानी तोक्न नसकेकाे भन्दै जनगुनासो आइरहेकाे थियो । प्रदेश सभामा पनि यसकै विषयमा धेरै कुरा उठ्ने गरेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।