काठमाण्डौ महानगरद्वारा ७३ जना बालबालिकाको उद्धार
फागुन १३, २०८१ मंगलबार
काठमाण्डाै - राष्ट्रियसभा सदस्य वृषेशचन्द्र लालले सुरक्षा समितिको बैठकमा कुनै दलका प्रतिनिधि लगातार सहभागी भएकाे भन्दै गम्भीर आपत्ती जनाउनुभएकाे छ ।
आइतबार राष्ट्रियसभा बैठकको विशेष समयमा आफ्नाे धारणा राख्दै उहाँले कुनै दलका प्रतिनिधि संवेदनशील सुरक्षा समितिकाे बैठकमा सहभागि भएको विषयमा सदनलाई जानकारी गराउन सरकारसँग माग पनि गर्नुभयो ।
कुनै दलका प्रतिनिधि संवेदनशिल बैठकहरुमा पटक पटक सहभागी हुनुले शासन प्रणाली नै एकदलीयतर्फ जाँदैछ भन्ने शंका पैदा भएको भन्दै त्यस किसिमको सहभागिता बारे सरकारले सदनलाई जानकारी गराउन माग गर्नुभयो ।
उहाँले भन्नुभयो ‘अति संवेदनशील बैठकहरुमामा पार्टीका प्रतिनिधिहरु भाग लिनुहुन्छ । यो मामुली कुरा होइन । विधिको शासनको निमित्त, यो लोकतन्त्रको निमित्त अत्यन्तै गम्भीर कुरा हो ।’
सुरक्षा समितिकाे बैठकमा यदि राजनीतिक दलका प्रतिनिधि नै चाहिने भएकाे भए याे बहुदलीय व्यवस्थामा अन्य राजनीतिक दलहरु पनि रहेका तर बैठकमा सत्तारुढ दलका प्रतिनिधि मात्रै देखिनुले देश एकदलीय तानाशाहतर्फ जाँदैछ भन्ने शंका पैदा गराएकाे उहाँले बताउनुभयाे ।
उहाँले भन्नुभयाे ‘यदि पार्टीको प्रतिनिधि नै चाहिन्छ भने, यो बहुदलीय व्यवस्थामा अन्य पार्टीहरु पनि छन् । आमन्त्रित गर्ने व्यवस्था छ भने त्यो व्यवस्था अनुसार सबैलाई बाेलाउनु पर्ने थियाे नि तर त्यसाे भएन ।’
उहाँले प्रश्न गर्दै भन्नुभयाे, ‘आज अति सवेदनशील सुरक्षा बैठकमा अनाधिकृत व्यक्तिहरु उपस्थित हुने परिपाटीले भाेली सदनमा त्यस्तै अनाधिकृत व्यक्तिकाे प्रवेश नहाेला भनेर कसरी विश्वास गर्ने ?’
सत्तारुढ दलकाे गतिविधि लाेकतन्त्र नै समाप्त पार्ने खालकाे रहेकाले अब यसबारेमा सरकारले सदनलाई जानकारी गराउनुपर्ने उहाँले माग गर्नुभयाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।