काठमाण्डौ महानगरद्वारा ७३ जना बालबालिकाको उद्धार
फागुन १३, २०८१ मंगलबार
काठमाण्डौ - सरकारले घोषणा गरेका ३२ वटा औद्योगिक ग्रामहरुको पूर्वाधार निर्माणका लागी पालिकाहरुलाई ९२ लाख रुपैयाँ निकासा गर्न निर्देशन दिएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले ३२ वटा औद्योगिक ग्रामको पूर्वाधार निर्माण र विकासका लागी पालिकाहरुलाई १५ दिनभित्र रकम निकासा गर्न निर्देशन दिनुभएको हो । झापाको दमकमा रहेको औद्योगिक क्षेत्रका लागी १४ सय ८२ रोपनी जग्गा औद्योगिक व्यवस्थापन कम्पनीको स्वामित्वमा आएको उहाँले बताउनुभयो ।
मन्त्री भट्टले तीन महिनाभित्र अत्तरिया, धनगढी, इटहरी र विराटनगरमा औद्योगिक करिडोरको संभाव्यता अध्ययनकाे प्रक्रिया सुरु गरिने जानकारी दिनुभएकाे छ । यही आर्थिक वर्षभित्रमा प्रक्रिया पूरा गरेर थप ७० वटा औद्योगिक ग्राम घोषणा गरी सरकारबाट अनुदान दिइने उहाँले बताउनुभयो ।
मन्त्री भट्टले विभिन्न खानी तथा भूगर्व विभागले पहिचान गरेका १४ जिल्लाका ९१ खानीहरुको सञ्चालन र प्रवर्द्धनका लागी नीजि क्षेत्रको संलग्नता गराउने बताउनुभयो । त्यसका लागी बोलपत्र आह्वानको प्रक्रिया केही दिनभित्रै सुरु गरिने उहाँले बताउनुभयो ।
मन्त्रालयले यो आर्थिक वर्षमा सबै पेट्रोलियम पदार्थहरुको अनुगमन गर्ने भएको छ । ६ महिनाभित्र मूल्यवान तथा अर्धमूल्यवान पत्थरहरुको उत्खनन गरी प्रशोधन र निर्यातमा रहेका नीतिगत जटिलता हटाएर ६ महिनाभित्र सुर्खेतमा प्रशोधन केन्द्र स्थापना गर्ने तयारी मन्त्रालयले गरेको छ ।
कम्पनी रजिष्ट्रारमा ३ महिनामा टोकन प्रणाली र ६ महिनामा मोबाइल एप निर्माण गरी सेवाग्राहरुलाई सुविधा दिने मन्त्रालयले जनाएकाे छ ।
दोधारा चाँदनीमा सुख्खा बन्दरगाह निर्माणको आवश्यक तयारी पूरा गरी अर्को आर्थिक वर्षमा निर्माण सुरु गरिने र बैतडीमा फस्फोराइज खनिजको अन्वेषणको काम अन्तिम चरणमा पुगेको मन्त्रालयको जनाएको छ । यही वर्षभित्र ड्रिलिङको काम सम्पन्न गरी मल उत्पादन गर्ने उद्योगको प्रवर्द्धन गरिने मन्त्रालयले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।