काठमाण्डौ महानगरद्वारा ७३ जना बालबालिकाको उद्धार
फागुन १३, २०८१ मंगलबार
काठमाण्डौ-राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले पृथ्वीनारायण शाहाको तस्वीर नेपाली नोटमा अंकित गर्न सरकारसँग माग गर्नुभएको छ । पृथ्वी जयन्तीका अवसरमा अध्यक्ष थापाले पृथ्वी जयन्तीलाई राष्ट्रिय पर्वका रुपमा मनाउँदै शाहको तस्वीर नेपाली नोटमा अंकित गर्न माग गर्नुभएको हो ।
विगतमा शाहको बारेमा भ्रम र नराकात्मक सोचहरु रहेता पनि अहिले सबै राजनीतिक दल र नेताहरु सकारात्मक रुपमा लिएकोमा खुसी व्यक्त गर्नुभयाे । थापाले पृथ्वी जयन्तीलाई राष्ट्रिय पर्वको रुपमा मनाउन, २७ गते सार्वजनिक दिवसका रुपमा मनाएर बिदा दिन र उहाँको तस्वीर नेपाली नोटमा अंकित गर्न सत्तारुढ दल, सरकार र प्रधानमन्त्रीलाई आग्रह गर्नुभएको हो ।
थापाले देशमा देखा परेको सबै प्रकारका चुनौतीको सामना गरेर शान्ति र स्थायित्व कायम गरी सबल र समुन्नत नेपाल निर्मामा सबै राजनीतिक दलहरु एकता र सहमतिमा आउनुपर्ने उहाँले बताउनुभयो ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले राष्ट्रिय एकताको सन्दर्भमा शाहले ठोस आधार तयार गर्नुभएको कुरालाई सम्मानका साथ सम्झिनुपर्ने बताउनुभयो ।
उहाँले राष्ट्रिय एकताको जगमा उभिएर देशका सबै जाति, भाषा, धर्म र संस्कृतिलाई जनतालाई एकताबद्ध बनाउँदै निरन्तर अगाडि बढ्न आग्रह गर्नुभयो ।
नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले पृथ्वी जयन्तीका अवसरमा सार्वजनिक बिदा दिएर एकता दिवस सरकारी स्तरबाट भव्यताका साथ मनाउनुपर्ने बताउनुभयो । शाहले बनाएको मुलुकलाई सबैले संरक्षण गरी राष्ट्रिय दिवसका रुपमा मनाउनुपर्ने उहाँको धारणा थियो ।
आइतबार पृथ्वीनारायण शाहको २९८ औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस देशभरी नै विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
dinesh thakuri
Jan. 14, 2020, 2:07 a.m.नेपालीहरुको आफ्नै वीरता रगाथा भएको हाम्रो देश नेपाल, तर हाम्रो गाथालाई नेपालका चोर र भ्रष्टाचारी नेपाली र राजनीतिक दलले बेचिसके, दुश्मनले बिस्तारै बिस्तारै लुछ्दैछन् / तर आफ्नै खल्ती भर्ने नीति बोकेका माओवादी कांग्रेस एमाले लगायत सबै दलहरु र नेताहरुलाई संजाय नदिएसम्म देशको उन्नती हुँदैन / गरीब नागरिक कसरी बाँच्दैछन् ? अरबमा बर्षेनी कतिजना गर्मीले जलेर मरेका छन् ? मुलुकले एउटा गतिलो नेता जन्माउन नसक्दा देशको हालत यस्तो भएको छ , आखिर कहिले सम्म हामी यसरी बाँच्ने ???? नागरिक जाग्ने बेला भएन र ??