काठमाण्डौ महानगरद्वारा ७३ जना बालबालिकाको उद्धार
फागुन १३, २०८१ मंगलबार
उदयपुर - उदयपुरकाे त्रियुगा नगरपालिका १२ की सुन्तली बोटे त्रियुगा र बरुवा खोलाको दोभानमा मृत अवस्थामा भेटिएकी छिन् । स्थानीय लालबहादुर बोटेकी ३३ वर्षीया श्रीमती सुन्तली मृत अवस्थामा फेला परेकी हुन् ।
माछा मार्न भन्दै शुक्रबार १० बजेतिर घरबाट हिँडेकी बोटे साँझसम्म घर नआएपछि खोजि गर्ने क्रममा आइतबार मृत फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । बाेटेकाे शवलाई पोष्टमार्टमको लागी जिल्ला अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
उनको शरिरमा कुनै चोटपटक नभएका कारण के कारणले मृत्यु भएको भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरी प्रमुख (एसपी) वीरबहादुर बुढा मगरले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।