सेतीदेवी वनकाे रुख काटेर बेचेकाे आराेपमा डीएफओसहित १३ जनाविरुद्ध भ्रष्टाचारकाे मुद्दा

 पुष २७, २०७६ आइतबार २०:२२:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सेतीदेवी वनकाे रुख काटेर विक्री गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला वन कार्यालय मकवानपुरका तत्कालीन डीएफओसहित १३ जनाविरुद्ध डेढ करोड भ्रष्टाचार गरेकाे भन्दै मुद्दा दायर गरेको छ ।

तत्कालीन वन अधिकृत डीएफओ राजेन्द्र न्यौपाने, सहायक वन अधिकृतहरु रामबाबु यादव, राजेन्द्रमान राजभण्डारी, विशाल भट्टराई, सोनालालप्रसाद जयसवाल र नारायणबहादुर कार्कीविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको हो ।

तत्कालीन रेन्जर राजु लामा, फरेस्टर मोहनराज घिमिरे, वन रक्षक किरणकुमार क्षेत्री र धनलाल यादव तथा सेतीदेवी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष कमानसिंह न्यासुर, सचिव हरिमाया मोक्तान र कोषाध्यक्ष रेजिना गोलेलाई पनि मुद्दा लगाइएको छ ।

कर्मचारी तथा सेतीदेवी सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीको मिलेमतोमा ९ हजार १७८ क्यूफिट काठ हुने गरी हरिया साल तथा अस्त्रा जातका रुखहरु काटेर एक करोड ५२ लाख १९ हजार ३२६ रुपैयाँ ७६ पैसा भ्रष्टाचार गरेको अख्तियारको दाबी छ ।

अन्तिम अपडेट: फागुन ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया