काठमाण्डौ महानगरद्वारा ७३ जना बालबालिकाको उद्धार
फागुन १३, २०८१ मंगलबार
काठमाण्डाै – नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई नागरिकमा वित्तीय चेतना बढाउन दिएको निर्देशनअनुसार नै सनराइज बैंकले अभियान सुरु गरेको छ ।
सर्वसाधारणमा बचत गर्ने बानीको विकास गराउने उद्देश्यका साथ सनराइज बैंकले ‘रिकरिङ’ खाता सञ्चालनमा ल्याएको छ । याे खातामा बचत खातामा जसरी नै रकम जम्मा गर्दै जान सकिनेछ भने ब्याज मुद्दती खाता सरह पाइनेछ । आवश्यकताअनुसार एकदेखि पाँच वर्षका लागि बचत गर्न सकिने याे योजनामा दैनिक, साप्ताहिक वा मासिकरुपमा रकम जम्मा गर्दै जान सकिने व्यवस्था गरिएको बैंकले जनाएको छ ।
सजिलो र सुरक्षित हिसाबले बचत खाताको पैसा नियमितरुपमा मुद्दती खातामा जम्मा हुँदै जाने र मोबाइल बैंकिङ्ग र इन्टरनेट बैंकिङ्गबाट पनि सजिलै पैसा जम्मा गर्न सकिनेछ । खाताको अर्को आकर्षण भनेको तीन महिनामा प्राप्त हुने ब्याज व्यक्तिगत मुद्दती खाता सरहको उच्च ब्याज पाउनु हो ।
साथै आवश्यक पर्दा खातामा जम्मा भएको रकमको ९० प्रतिशतसम्म कर्जा लिन पाइने व्यवस्था छ । बैंकले मुद्दती खातामा ९ दशमलव २५ प्रतिशतमा थप शन्य दशमलव ५ प्रतिशत ब्याज प्रदान गर्दै आएको छ ।
माछापुच्छ्रे बैंकको किसान कार्ड
कृषि उपजमा लगानी बढाउने र कृषि क्षेत्रमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ माछापुच्छ्रे बैंकले किसान कार्ड सेवा सञ्चालनमा ल्याएको छ । साना तथा मध्यम आय भएका किसानलाई राहत दिने लक्ष्यका साथ बैंकले सो सेवा सुरु गरेको हो ।
बैंकले युकेएड सक्षमको ‘एक्सेस टु फाईनान्स कार्यक्रम’ र हेफर इन्टरनेशनल नेपालसँगको सहकार्यमा विभिन्न १४ जिल्लाका किसानलाई कार्ड प्रदान गर्ने योजना ल्याएको हो । याे किसान कार्डअन्तर्गत किसानले चार लाख रुपैयाँसम्मको कृषि कर्जा प्राप्त गर्न सक्नेछन् ।
पहिलो चरणमा हेफर इन्टरनेशनल नेपालसँग आबद्ध बाँके जिल्लाको खजुरा गाउँपालिकामा रहेकाे साझा फुलबारी उद्यमी महिला सहकारीका कृषकलाई याे कार्ड प्रदान गरी सेवाको सुरुवात गरिएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । किसान कार्डमार्फत कृषकले माछापुच्छ्रे बैंकको शाखारहित बैंकिङ सेवाबाट आफ्नो कार्डमा उपलब्ध सीमाभित्र रहने गरी कारोबार गर्न सक्नेछन् ।
ग्रामीण क्षेत्रमा रहेका साना किसानलाई व्यवसायमा सहयोेग गरी आयआर्जनमा बढावा दिने तथा स्वरोजगारीको अवसर सिर्जना गर्न किसान कार्ड सुविधा ल्याइएको बैंकले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।