बिहानी समयको कफीले मुटु रोगबाट हुने मृत्युको जोखिम कम गर्न ...
फागुन १३, २०८१ मंगलबार
धनुषा - जनकपुरधाम उपमहानगरपालिकाका मेयरको निर्देशनमा पत्रकारलाई कुटपिट गर्नेहरुलाई कारबाही गरिने भएकाे छ । गएकाे २२ गते समाचार संकलनमा उपमहानगरपालिका पुगेका पत्रकारलाई त्यहाँका मेयरकाे निर्देशनमा कुटपिट गरिएकाे थियाे ।
सोमवार जिल्ला प्रशासन कार्यालय धनुषाको रोहबरमा भएको सर्वपक्षीय बैठकमा घटनाको छानबिन गरी उपलब्ध फुटेज र फोटोको आधारमा संलग्नला कारबाही गर्ने सहमति भएको हो ।
उमहानगरपालिकामा भएको घटनाको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय धनुषाले व्यक्ति पहिचान गरी कारबाही प्रक्रिया अगाडी बढाउने, जानकी मन्दिर फुलबारी जग्गा अतिक्रमण बारे नापजाँच प्रतिवेदनको आधारमा कार्यान्वयन गराउने, उपमहानगरपालिकामा तत्काल सूचना अधिकारी राख्ने र आन्दोलनरत पक्षले आन्दोलन फिर्ता लिनेसहितका ९ बुँदे सहमित भएकाे छद् ।
बैठकमा राजनीतिक दलको तर्फबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धनुषाका सचिव दिपक यादव, नेपाली कांग्रेस धनुषाका सभापति महेशशंकर गिरी, राष्ट्रिय जनता पार्टी नेपाल धनुषाका अध्यक्ष मण्डलका संयोजक प्रमोदकुमार यादव, समाजवादी पार्टीका नगर संयोजक विष्णुदेव साह, जनकपुरधाम उपमहानगरपालिकाको तर्फबाट निमित्त प्रशासकीय अधिकृत मेहिलाल यादव, नेपाल पत्रकार महासंघ धनुषा शाखाका अध्यक्ष अनिल कुमार मिश्र, आन्दोलन संघर्ष समितिका सदस्य राजेश कुमार कर्ण र सशस्त्र तथा नेपाल प्रहरीका प्रमुख लगायतको उपस्थिति रहेको थियो ।
सहमति कार्यान्वयन नगरे फेरि आन्दाेनलमा उत्रने पत्रकार महासंघले चेतावनी दिएकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।