एपीएफलाई पेनाल्टी शुटआउटमा हराउँदै सङ्कटा 'केपी ओली कप' को ...
फागुन १३, २०८१ मंगलबार
काठमाण्डाै – एनसेलले प्रिपेड ग्राहकका लागि मेरो प्लानअन्तर्गत साप्ताहिक प्लान ल्याएको छ । यस योजनाअन्तर्गत ग्राहकले अब अझ सुलभ दरमा डाटा र भ्वाइस सेवाको फाइदा लिन सक्ने छन् ।
यो आकर्षक योजना मङ्गलबार (पुस २९) देखि लागू हुनेछ । याे याेजनामा एनसेलले दुई साप्ताहिक प्याकहरुः २ जीबी प्लान र ६ जीबी प्लान ल्याएको छ । २ जीबी प्लानअन्तर्गत ग्राहकले करसहित मात्र ९५ दशमलव ७७ मा सेवा प्राप्त गर्नेछन् ।
यसका साथै यो प्लानअन्तर्गत ग्राहकले अननेट अर्थात् एनसेल नेटवर्क भित्र करसहित मात्र १ दशमलव २८ रुपैयाँ प्रतिमिनेटमा भ्वाइस सेवाको फाइदा पनि लिन सक्ने छन् ।
त्यसैगरी ६ जीबी प्लानअन्तर्गत ग्राहकले करसहित मात्र १ सय ९१ दशमलव ५४ रुपैयाँमा ६ जीबी (४ जीबी + २ जीबी भिडियो डाटा) को मजा लिन सक्ने छन् । प्याकअन्तर्गतको भिडियो डाटामा युट्युब, आइफ्ल्क्सि, एनसेलको भिडियो पोर्टल तथा गुगल सेवाका अन्य सेवा जस्तैः गूगल प्ले, म्याप्स आदि चलाउन प्रयोग गर्न सक्ने छन् ।
डाटा प्याक सकिएपछि मुख्य ब्यालेन्स नकाटिइकन आफै डेटा बन्द हुने मेरो प्लानको विषेशता हाे । याे प्लानअन्तर्गत ग्राहकले आफ्नो डाटा भोलुम सकिएपछि आवश्यकताअनुसारको मेरो प्लानहरु तुरुन्त फेरि लिन सक्ने छन् ।
साप्ताहिक प्लानअन्तर्गतका डाटा भोलुमको समयावधि सुरु भएको दिनदेखि सात दिनको रहने छ । ग्राहकले *१७१२३# डायल गरी प्राप्त निर्देशनअनुसार कुनै पनि एउटा प्लान सुरु गर्न सक्ने छन् ।
सुलभ दरमा गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धताबमोजिम ग्राहककाे आवश्यकताअनुसारको बण्डलिङ्गसहितको प्लान ल्याउन पाएकोमा हर्षित भएकाे एनसेलले जनाएको छ ।
यस योजनामा रहेका कुनै पनि प्लान सुरु गरेपछि हरेक हप्ता स्वतःनविकरण हुनेछ । प्लान नविकरण हुनको लागि मोबाइलमा प्लानअनुसारको चाहिने ब्यालेन्स हुनु आवश्यक छ ।
मुख्य ब्यालेन्स प्लान नविकरण गर्न अपुग भएको खण्डमा पनि ग्राहकले विद्यमान शुल्क भ्वाइस प्रतिमिनेट करसहित २ दशमलव ५४ रुपैयाँमा प्रयोग गर्न सक्ने छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।