काठमाण्डौ महानगरद्वारा ७३ जना बालबालिकाको उद्धार
फागुन १३, २०८१ मंगलबार
काठमाण्डौ - नेपालमा पशु-कल्याण तथा मानवअधिकारका क्षेत्रमा काम गरिरहेका संघ-संस्थाहरुले अष्ट्रेलियामा फैलिएको विनाशकारी आगोले पुर्याएको क्षतिप्रति समवेदना प्रकट गरेका छन् ।
नेपालका लागि अष्ट्रेलियाका राजदूत पेटर वुडलाई भेटेर सम्पूर्ण नेपालीहरुको तर्फबाट विनासकारी डढेलोबाट ज्यान गुमाएका करोडौँ पशुपंक्षी र जनधनको क्षतिप्रति समवेदना प्रकट गरेका हुन् ।
५० भन्दा बढी संघसंस्थाको प्रतिनिधित्व गर्दै धार्मिक संस्थाहरु लगायतका पशुकल्याण तथा मानव अधिकारको क्षेत्रमा कार्यरत १३ पालिका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
भविष्यमा अष्ट्रेलियाले वन्यजन्तु तथा अन्य जनावरलाई संरक्षण गर्न आफ्नो वातावरण सम्बन्धित कानुनलाई सुदृढीकरण गर्दै जलवायु परिवर्तनको क्षेत्रमा सकारात्मक कदम चाल्न सबै प्रतिनिधिहरुले सुझाएका छन्।
भेटका क्रममा पशुकल्याणमा कार्यरत संस्थाहरुले पानीको बढी उपभोग गरेको भन्दै १० हजार उट मार्ने अष्ट्रेलियन सरकारको योजनालाई चारैतिर भत्र्सना भईरहेको जानकारी गराए ।
राजदुत बुडले बिनासकारी डढेलोबाट लाखौँ जनावरको ज्यान गएकोमा गहिरो दख व्यक्त गर्दै डढेलोकम कारण कतिपय जनावरहरु लोपोन्मुख तथा नास हुने अवस्थामा पुगेको प्रति चिन्ता व्यक्त गर्नु भयो ।
साथै उहाँले विनासकारी डढेलोले वातावरण तथा जैविक विविधतामा पर्ने असरबारेमा अनुसन्धान हुने जानकारी गराउनु भयो । नेपाल र अष्ट्रेलियाबीचको लामो मित्रता तथा साझेदारी प्रति खुशी व्यक्त गर्दै राजदुत वुडले अष्ट्रेलियाको दुखमा साथ तथा सद्भाव प्रकट गर्न पुगेका नेपाली संघ संस्थाहरुका प्रतिनिधि मण्डललाई हार्दिक धन्यवाद व्यक्त गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।