डाेजरले ठक्कर दिँदा दाङमा एक जनाकाे ज्यान गयाे

 माघ २, २०७६ बिहिबार ११:५८:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

दाङ – शान्तिनगर गाउँपालिका १ मा डाेजरकाे ठक्करबाट ६६ वर्षीय लालबहादुर थापाको ज्यान गएको छ । 

बुधबार राति साढे ९ बजेतिर पश्चिम दाङको पेदीखोलाबाट शान्तिनगरतर्फ आउँदै गरेको रा १ क ३१५ नम्बरको डोजरले शान्तिनगरको हारिचारमा थापालाई ठक्कर दिएको थियो ।

डोजरको ठक्करबाट थापाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । डाेजरका चालक र डाेजरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

थापाको शव राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ । 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया