माेटरसाइकल दुर्घटनामा चालककाे ज्यान गयाे

 माघ ३, २०७६ शुक्रबार १०:७:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

दाङ – दाङकाे चिसापानीमा माेटरसाइकल दुर्घटना हुँदा शान्तिनगर गाउँपालिका ५ कासिपुरका ४५ वर्षीय चोपिलाल केसीकाे ज्यान गएको छ ।

बिहीबार राति पश्चिम हापुरेबाट रगैँजातर्फ जाँदै गरेको रा ५ प २२६९ नम्बरको मोटरसाइकल बबई गाउँपालिका ६ काे चिसापानीमा दुर्घना हुँदा मोटरसाईकल चालक केसीकाे ज्यान गएकाे प्रहरीले जनाएकाे छ । 

दुर्घटनामा गम्भीर घाइते हुनु भएका केसीलाई उपचारका लागि नेपालगञ्ज लैँजादै गर्दा बाटोमा ज्यान गएको प्रहरीले बताएकाे छ । तीव्र गतिका कारण माेटरसाइकल दुर्घटना भएकाे हुन सक्ने प्रहरीकाे अनुमान छ । 

अन्तिम अपडेट: चैत २, २०८०

तपाईको प्रतिक्रिया