विश्वलाई नेपालका हिमालहरु सुरक्षित र सफा छन् भन्ने सन्देश दिन सक्नुपर्छ : मन्त्री भट्टराई

 माघ ४, २०७६ शनिबार १७:३३:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपालका हिमालहरु सुरक्षित र सफा छन भन्ने सन्देश विश्वभर दिनुभपर्ने बताउनुभएको छ । 

कञ्चनजंघा हिमाल सरसफाई अभियानसम्बन्धी अन्तरक्रिया कार्यक्रममा मन्त्री भट्टराईले बाहिर जतिसुकै नकारात्मक कुराहरु आए पनि नेपालका हिमाल सुरक्षित रहेको बताउनुभयो । नेपाली हिमालहरु सफा छन् भन्ने सन्देश विश्वभरी फैलाएर पर्यटन आवागमन बढाउनेतर्फ सबैको ध्यान जानुपर्ने उहाँको भनाई छ ।

‘भ्रमण वर्षलाई ख्याल गर्दै हिमालहरु सुरक्षित छन्, सफा छन् भन्ने सन्देश विश्वमा दिनका लागि २०२० मा हिमाल आरोहणको अभियानलाई अगाडl बढाउनुपर्छ’, मन्त्री भट्टराईले भन्नुभयो ।

नेपालको आर्थिक विकास र पर्यटनका लागि हिमालहरु महत्पूर्ण सम्पत्ति भएको उहाँको भनाइ छ । अहिले ४५, ४६ करोड राजस्व संकलन हिमालबाट भए पनि यो अत्यन्तै न्यून भएको र बढी राजस्व उठाउनेतर्फ ध्यान दिनुपर्ने उहाँले बताउनुभयो ।

हिमालसँग जोडिएका स्थानीय सरकार र प्रदेश सरकारहरुलाई समेत अभियानमा सहभागी गराउन सकेमात्रै सबैले अपनत्व ग्रहण गर्नसक्ने उहाँले बताउनुभयो । 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया