सुुख्खा पहिराे गएपछि मालवाहक गाडी केरुङ र पाङसिङमा राेकिए

 माघ ६, २०७६ सोमबार ११:५२:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फोटो

रसुवा – चीनको केरुङमा रहेकाे मुलाडाँडा भन्ने ठाउँमा सुख्खा पहिरो जाँदा सवारीसाधन सञ्चालन रोकिएको छ । 

केरुङबाट झण्डै १७ किलोमिटर दक्षिणमा पर्ने मुलाडाँडामा पहिरो गएपछि सवारीसाधन सेवा रोकिएको हो । सिल लागेका गाडीहरू तल आउन नसकेर केरुङ तथा पाङसिङमा रोकिएकाे व्यवसायी पुरुषोत्तम पौडेलले बताउनु भयो । 

पहिरोका कारण सोमबार बिहानैदेखि सवारी आयात निर्यातको काम रोकिएको छ । सोमबार बाटो खुल्ने सम्भावना नरहेको उहाँको भनाइ छ । 

अन्तिम अपडेट: जेठ २१, २०७७

तपाईको प्रतिक्रिया