वीरगञ्ज नाका हुँदै सात महिनामा एक खर्ब चार अर्ब रुपैयाँको पे...
फागुन १३, २०८१ मंगलबार
खोटाङ - खोटाङको हलेसी तुवाचुङ नगरपालिका-७ महादेवस्थानको ऐँसेलुखर्कमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाकाे ज्यान गएको छ ।
हलेसीबाट रावाबेँसी गाउँपालिकाको रभुवातर्फ जाँदै गरेको ना ५ त ७१५४ नम्बरको रित्तो ट्रयाक्टर आइतबार राति दिक्तेल-हलेसी सडक खण्डको ऐँसेलुखर्कमा दुर्घटना हुँदा चालककाे ज्यान गएकाे हाे । दुर्घटनामा ज्यान गुमाउनेमा उदयपुर त्रियुगा नगरपालिका-६ जलजले घर भएका २८ वर्षीय देवनारायण चौधरी रहेका छन् ।
ट्रयाक्टरले च्यापिएर चालक चौधरीको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । अनियन्त्रित भएको ट्रयाक्टर सडकबाट करिब २५ मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक (डीएसपी) बामदेव गौतमले बताउनुभयो ।
दुर्घटनामा रौतहट चन्द्रनिगाहपुर घर भई हलेसीमा व्यवसाय गर्दै आउनुभएका २० वर्षीय राजु शाह घाइते हुनुभएकाे छ । उहाँकाे स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेकाे प्रहरीले जनाएकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।