स्थायी बासस्थानको आशामा बित्यो काभ्रेका बाढीपहिरो पीडितको एक ...
कात्तिक १६, २०८१ शुक्रबार
काठमाडाैं - बलिउडको प्रतिष्ठित जी सिने अवार्ड नेपालमा हुने भएको छ ।
आगामी नोभेम्बर २२ देखि डिसेम्बर ८ को बीचमा आयोजना हुने भनिएको अवार्डमा बलिउड सेलिब्रिटीका साथै नेपाली सेलिब्रिटीको सहभागिता रहनेछ ।
केही समय अगाडि प्रधानमन्त्री केपी शर्मा ओलीको औपचारिक भारत भ्रमणमा महानायक राजेश हमाल र निर्देशक दिनेश डी।सी सहभागी भएका थिए ।
भ्रमणका क्रममा जी टिभीका मालिक तथा भारतीय राज्य सभा सदस्य डा। सुभाशचन्द्रले नेपालमा जीसिने अवार्ड आयोजना गर्ने इच्छा नेपाली कलाकारहरुमार्फत प्रधानमन्त्रीसम्म पुर्याएका थिए । प्रधानमन्त्री ओली पनि तत्काल यसमा सकारात्मक बनेकाथिए ।
यसैलाई मूर्त रुप दिन शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष सक्रियता र निर्देशक दिनेश डिसीको संयोजनमा जी टेलिभिजनको एक टोली शनिबार नेपालआएको छ ।
जि टिभिका मालिक तथा भारतीय राज्य सभा सदस्य डा. सुभाशचन्द्र, डा. अमर सिंह, एसेल ग्रुपकी अध्यक्ष तथा जी टिभी नेटवर्ककी संस्थापक नायिका जयाप्रदा लगायतको टोली नेपालआएको हो ।
जी टेलिभिजनको टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेट वार्तामा नेपाल सरकारका पर्यटनमन्त्री रविन्द्र अधिकारी, वरिष्ठ कलाकार नीर शाह, निर्माता केशव भट्टराई, निर्देशकदिनेश डि सि, अभिनेताहरु शिव श्रेष्ठ, भुवन केसी, निखिल उप्रेती, अभिनेत्रीहरु झरना थापा, संचिता लुइँटेल, राष्ट्रियसभा सदस्य तथा गायिका कोमल ओली, गीतकार सम्भुजित बास्कोटा लगायतको उपस्थिति रहेको थियो ।
अवार्डका लागि नेपाली र भारतीय समिति समेत निर्माण गरिएको छ । त्यस समितिले अवार्ड संयोजन गर्ने छ ।
यसै वर्ष देखि जी सिने अवार्डमा ‘बेस्ट नेपालीफिल्म’ को विधा थप गरिने भएको छ । जसमा प्रत्येक वर्ष एउटा उत्कृष्ट नेपाली चलचित्रलाई यो विधामा अवार्ड दिइनेछ ।
यसले नेपाली फिल्म क्षेत्रको विश्वव्यापीकरणमा सहयोग पुग्ने आशा राखिएको छ । साथै अवार्ड समारोह भन्दा अगाडि ‘हिमालयन कन्क्लेभ’ पनि आयोजना गरिने भएको छ ।
पर्यटन तथा संस्कृति मन्त्रालयको आयोजनामा हुने हिमालयन कन्क्लेभमा नेपाल, भारत, बंगलादेश लगायतका कलाकर्मीहरुको उपस्थिति रहने छ ।
एक दिवसीय कन्क्लेभको भोलिपल्ट घोषणापत्र जारी गरिने तथा त्यसको भोलिपल्ट अवार्ड शो आयोजना हुने स्रोतले जनाएको छ ।
अवार्डको विषयमा छलफल गर्न नेपाल आएका जि टिभीका मालिक सुभास चन्द्रले नेपालमा फिल्म सिटी निर्माणमा पनि लगानी गर्ने इच्छा व्यक्त गरेका छन् ।
उनकै ईच्छा अनुसार निर्देशक दिनेश डीसीले उनलाई पालुङटार, सल्यानटार, तनहुँ लगायतका सम्भावित स्थानहरुमा अवलोकनका लागि पुर्याएका थिए ।
विश्वका विभिन्न देशहरुमा आयोजनाहुने गरेको अवार्ड नेपालमा गर्दा नेपालको पर्यटन प्रवर्द्धन गर्न मद्दत पुग्ने विश्वास लिइएको छ । अवार्डमा भारतका चर्चित सेलिब्रिटीहरु सहभागी हुने अपेक्षा गरिएको छ ।
‘हिन्दी चलचित्र हेर्ने संसारभरका ८० करोड व्यक्तिहरुले हेर्ने अवार्ड समारोह नेपालमा आयोजना गर्दा ‘भिजिट नेपाल २०२०’लाई प्रत्यक्ष फाइदा पुग्ने आशा गरिएको छ ।
उज्यालाे र गफगाफ डट कमकाे सहकार्य
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Rajendra uprety
Aug. 7, 2018, 9:40 p.m.हो ये खुशिके कुरा हो/ नेपाली चलचित्र को गरबके कुरा हो
इन्द्र बिक
July 23, 2018, 4:35 a.m.यो त हाम्रो लागि सार्है खुसिको र गर्व कुरा हो ।