संखुवासभामा बनिरहेकाे नाै सय मेगावाटको अरुण तेस्रो परियाेजनामा बम विस्फोट

 माघ १२, २०७६ आइतबार १६:२२:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

संखुवासभा - संखुवासभा जिल्लामा निर्माणधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको पावारहाउस स्थलमा नचिनेका मानिसहरुकाे समूहले बम विस्फोट गराएको छ ।

आइतबार बिहान चिचिला गाउँपालिका–२ पुखुवामा रहेकाे अरुण तेस्रो जलविद्युत आयोजनाको पावारहाउस नजिकै कुकर बम बिष्फोट भएको प्रहरीले जनाएको छ । विस्फोटबाट अरुण तेस्रोले प्रयोग गरिरहेको जेनेरेटर र पर्खालमा क्षति पुगेको छ ।

कसले र कुन उद्देश्यले विस्फोट गराएको भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यसअघि पनि पटक–पटक नेत्रविक्रम चन्द विप्लव नेतृत्वकाे नेकपाका कार्यकर्ताले बम विस्फाेट गराएकाले अहिले पनि विप्लव कार्यकर्ताले गराएको हुनसक्ने संखुवासभा प्रहरीको भनाइ छ । तर अहिल्यै यसबारे यकिन विवरण भने आएको छैन । 

अन्तिम अपडेट: फागुन १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

2 Comments

  • tajiv xetri

    Jan. 27, 2020, 12:37 a.m.

    यहाँ राम्रो काम त कहाँ हुन दिन्छन र !

  •  0 Reply
  • निरञ्जन अधिकारी

    Jan. 26, 2020, 5:35 p.m.

    बिकासका काम भैरहेको कुरामा यस्तो नियत का पशुहरु उम्लिन्छन अनि यत्रैसित भनेर नेताहरु mcc पास गराउन तर्फ लाग्या हुन कि जस्तो लाग्न लायो.....साला यस्ता भातमारा हरु लाई ठाउँ को ठाउँ गिँड्न सक्नुपर्छ सरकारले जस्ले गर्दा कुनैपनी आयोजनामा दादागिरी अनि राजनितिक असर खेप्न नपरोस र समयमै आयोजना सफल परिक्षण होस।

  •  0 Reply

तपाईको प्रतिक्रिया