दीपक मनाङ्गे धरौटीमा रिहा

 माघ १२, २०७६ आइतबार १८:१३:२१ | सुमन गुरुङ
unn.prixa.net

कास्की - दीपक मनाङ्गेका नामले परिचित गण्डकी प्रदेश सांसद राजीव गुरुङ धरौटीमा रिहा हुनुभएको छ ।

एन्फा कास्की अध्यक्ष मिलन गुरुङमाथि हातपात गरेको आरोपमा पक्राउ पर्नुभएका गुरुङ आइतबार रिहा हुनुभएको हो । 

 

जिल्ला प्रशासन कार्यालय, कास्कीले गुरुङलाई ६ हजार धरौटीमा रिहा गरेको हो । रिहा हुनुअघि आइतबारै सरकारी वकिलको कार्यालयमा गुरुङसँग बयान लिइएको थियो ।

रिहा भएपछि प्रतिक्रिया दिँदै मनाङ्गेले मिलन गुरुङविरुद्ध आफू सफल भएको बताउनुभयो । मनाङ्गेले आफूलाई कुटपिट गरेको भन्दै एन्फा अध्यक्ष मिलन गुरुङले मंगलबार प्रहरीमा उजुरी दिनुभएकाे थियाे । उजुरीका आधारमा प्रहरीले मनाङ्गेलाई पक्राउ गरी तथा फौजदारी अभियोगमा मुद्दा दायर गरेको थियो ।

अन्तिम अपडेट: बैशाख १, २०८१

सुमन गुरुङ

कास्कीका उज्यालो सहकर्मी  सुमन गुरुङ रेडियाे तरङ्गमा पनि काम गर्नुहुन्छ ।

तपाईको प्रतिक्रिया