भाषाविद् चूडामणि गौतमको निधन
फागुन १३, २०८१ मंगलबार
हुम्ला - रुघाखोकी र ज्वरोका कारण हुम्लामा सातजनाको ज्यान गएको छ ।
हुुम्लाको चंखेली गाउँपालिकामा गएको १६ दिनमा पाँचजनाको ज्यान गएको गाउँपालिकाका उपाध्यक्ष बिमलाकुुमारी शाहीले जानकारी दिनुभयो । यस्तै सर्केगाड र खार्पुनाथ गाउँपालिकामा एक-एक जनाको ज्यान गएको छ ।
हुम्लाका स्वास्थ्य संस्थामा बिरामीको चाप रहेको तथा प्रकोपबाट बालबालिका र वृद्धवृद्धा बढी प्रभावित भएका पनि स्थानीयले जानकारी दिएका छन् । समयमै उपचार नहुुँदा प्रकोप नियन्त्रण हुन नसकेको गाउँपालिकाका उपाध्यक्ष बिमलाकुुमारी शाहीको भनाइ छ ।
रुघाखोकी र ज्वरोका विरामी बढेपछि प्रभावित क्षेत्रमा मुगुबाट डाक्टरसहितको टोली गएको छ । तर यो प्रभावित क्षेत्र सडक सञ्जालमा नजोडिएकाले डाक्टरसहितको टोली भोलि साेमबार मात्रै पुग्ने चंखेली गाउँपालिकाका अध्यक्ष धनलाल चौलागार्ईंले जानकारी दिनुभयो ।
यस्तै कर्णाली प्रदेश सरकारले पनि औषधिसहितको प्राविधिक टोली पठाएको छ । यो टोली पर्सी म्गलबार मात्रै प्रभावित क्षेत्रमा पुग्नेछ । खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलले विरामीलाई रुघाखोकी लाग्ने, टाउको दुःखने समस्या देखिएको उज्यालोलाई जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।