शहीद धर्मभक्त माथेमाकाे सम्झना गरिँदै

 माघ १३, २०७६ सोमबार ८:१:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – साेमबार माघ १३ गते अर्थात् शहीद सप्ताहको चौथो दिन । शहीद सप्ताहकाे अन्तिम दिन शहीद धर्मभक्त माथेमाप्रति श्रद्धाञ्जली अर्पण गरिँदैछ ।

धर्मभक्तलाई मृत्युदण्ड दिइएको काठमाण्डाैकाे सिफलमा रहेको उहाँको शालिकमा माल्यार्पण गरिने कार्यक्रम छ । विसं १९६६ सालको असोजमा पिता सुब्बा आदिभक्त माथेमा र माता चन्द्रकुमारी देवीकाे काेखबाट काठमाण्डाैको ओम बहालमा जन्मिनु भएका धर्मभक्तलाई तत्कालीन राणा शासकले विसं १९९३ साल माघ १३ गते सिफलको बकाइनाको रुखमा झुण्ड्याएर मृत्युदण्ड दिएका थिए ।

तत्कालीन राजा त्रिभुवनका व्यायाम शिक्षकसमेत रहनु भएका धर्मभक्तले राणा शासनको विरोधमा १९९३ सालमा आफनै घरमा प्रजा परिषद्को स्थापना गर्नु भएको थियो । 

धर्मक्तका बुबा आदिभक्तले राणाहरुका लागि भारतबाट सामान ल्याउनु हुन्थ्याे र त्यही कारणले धर्मभक्तले दार्जिलिङमा शिक्षा आर्जन गर्नुभयाे । धर्मभक्तले केही समय काेलकतामा पनि अध्ययन गर्नुभयाे । 

शरीर दुब्लो भएर व्यायाम गर्न थाल्नु भएका धर्मभक्तले बङ्गालको शारीरिक व्यायामशालाबाट बङ्गाल च्याम्पियन भएर नाम पनि कमाउनु भयो।

बङ्गालमा रहँदा अङ्ग्रेजकै पालाबाट उहाँमा राजनीतिक चेतना जागेकाे थियाे । यसै क्रममा उहाँको सम्पर्क बङ्गाली नेता चित्तरन्जन दाससँग भयो । केही समयपछि उहाँका बुबालाई राणा प्रधानमन्त्री जुद्ध शमशेरले निर्वासित गरिदिए।

विसं १९९० मा धर्मभक्त माथेमाको उत्तरादेवीसँग विवाह भयाे र उहाँले भारतको स्कटिस चर्च कलेजबाट आईए उत्तीर्ण गर्नुभयाे । विसं १९९० सालमा धर्मभक्तकाे दशरथ चन्दसँग भेट भयो। त्यसपछि चन्द पनि प्रजा परिषद्को संस्थापक सदस्य हुनु भयो ।

धर्मभक्तले विसं १९९३ सालमा आफ्नै फुपूको घरमा नेपाल प्रजा परिषद्को स्थापना गर्नु भएको थियो। प्रजा परिषद् र राजा त्रिभुवनका बीच भएको सम्पर्क राणाहरूले चाल पाए र धर्मभक्तलाई पक्राउ गरियो । विसं १९९७ माघ १२ गते उहाँलाई सिफलमा मृत्युदण्ड दिइयाे । 

अन्तिम अपडेट: माघ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया