भाेजपुर र पाल्पामा रहेकाे एनसेल टावरमा आगजनी

 माघ १३, २०७६ सोमबार ११:४७:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : देव पचभैया

काठमाण्डाै – भोजपुरको षडानन्द नगरपालिका ४ काे मूलपानी र वडा नम्बर ८ तुगेछको सीमाना टावर डाँडा भन्ने ठाँउमा रहेको एनसेलको टावरमा आगजानी भएको छ ।

आइतबार राति नचिनेकाे मानिसकाे समूहले एनसेलकाे टावरमा आगजानी गरेको षडानन्द नगरपालिकाको नगर प्रहरीले जनाएकोे छ । आगजनीबाट टावरमा सामान्य क्षति भएको षडानन्द नगरपालिकाका मेयर वीरबल राईले बताउनु भयाे ।

पाँच/६ जनाका समूहमा आएका समूहले एनसेल टावर छेउमै रहेको कोदोको नलमा आगो लगाएको स्थानीयले बताएका छन् । घटनाको बारेमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

तस्बिर : देव पचभैया

त्यस्तै पाल्पामा रहेकाे एनसेल टावरमा पनि आगजनी भएकाे छ । बगनासकाली गाउँपालिका ९ काे बगनास डाँडामा रहेको एनसेल टावरमा आइतबार राति नचिनेकाे मानिसकाे समूहले आइतबार राति टावरमा आजगनी गर्दा टावर पूर्णरुपमा जलेर ध्वस्त भएको प्रहरीले जनाएकाे छ । 

आगजनीबाट टावरको जेनेरेटर, भीटीएस सिस्टम, जीएसएम एन्टेना, ब्याट्री प्यानल, मिटर बक्ससहित सबै तार पूर्णरुपमा जलेको छ ।

(उज्यालाे सहकर्मीद्वय : भाेजपुरबाट बुद्ध तामाङ र पाल्पाबाट देव पचभैया)

अन्तिम अपडेट: फागुन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया