गाेसाइँकुण्ड हिँडेका दुई जना मृत फेला

 माघ १३, २०७६ सोमबार १३:२४:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

रसुवा – गोसाइँकुण्ड जाने क्रममा बेपत्ता भएका दुई जना मृत भेटिएका छन् ।

गएकाे माघ ३ गतेदेखि हराएका सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका १ हेलम्बुका १७ वर्षीय वाङ्गेल शेर्पा र काठमाण्डाैकाे गोकर्णेश्वर नगरपालिका ७ का १९ वर्षीय जापान तामाङको शव फेला परेको हो ।   

गएको पुस २८ गते गोसाइँकुण्ड जान भनेर हिँडेका उनीहरू हिमपात भएपछि माघ ३ गतेसम्म नुवाकोटको घ्याङफेदीकाे एउटा होटलमा बसेका थिए । बाक्लो हिउँ जमेपछि गोसाइँकुण्ड जान नसकिने भन्दै उनीहरू काठमाण्डाैतर्फ फर्किएका थिए ।

काठमाण्डाै फर्कने क्रममा उनीहरु बीचैमा हिउँमा फसेका थिए । रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीका अनुसार बाटोमा हिँड्दै गर्दा चिप्लिएर खोचमा परेपछि उनीहरु माथि आउन नसकेकाे र हिउँमा पुरिएकाे अनुमान गरिएकाे छ ।    

स्थानीयले सोमबार बिहान शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । 

अन्तिम अपडेट: फागुन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया