भाषाविद् चूडामणि गौतमको निधन
फागुन १३, २०८१ मंगलबार
काठमाण्डौ – हालै बलिउड अभिनेत्री कंगना रनावतलाई भारत सरकारले पद्मश्री पुरस्कार दिने घोषणा गरेको छ । घोषणा भएसँगै फिल्म उद्योगका व्यक्तिहरुले कंगनालाई बधाई दिइरहेका छन । सामाजिक सञ्जालमा उनका फ्याहरुले पनि बधाई दिइरहेका छन ।
यसैबीच अभिनेत्री आलिया भट्टले पनि कंगनालाई पद्मश्री पुरस्कारका लागि बधाई दिएकी छिन । आलियाले एउटा नोटसँगै फूलको गुच्छा पठाएर कंगनालाई बधाई दिएकी हुन ।
कंगनाकी दिदी रंगोली चन्देलले आलिया भट्टको नोट र 11फूलहरुको तस्विर सामाजिक संजालमा शेयर गर्दै यसबारे जानकारी दिएकी हुन ।
रंगोलीले ट्वीटगर्दै लेखेकी छिन् ‘यो हेर्नुहोस आलियाले कंगनालाई फूलहरु पठाएकी छिन् । कंगनाको त थाहा छैन तर मलाई बडो मज्जा लागिरहेको छ ।’
कंगनालाई आलियाले बधाई दिएको यो खबर सार्वजनिक भएसँगै सामाजिक सञ्जाल प्रयोगकर्ताले आलियाको प्रशंसा गरिरहेका छन ।
केही समयअघि मात्रै कंगना रनावत र उनकी दिदी रंगोली मिलेर आलियाको आलोचना गरेका थिए । कंगना र रंगोलीले पटक पटक आलियाको आलोचना गरेको भए पनि आलियाले त्यसको विरुद्ध कुनै पनि प्रतिक्रिया जनाएकी थिइनन् ।
कंगनाको फिल्म ‘मणिकर्णिका’ को प्रमोशनको कार्यक्रममा कंगनाले आलियालाई करण जोहरकी कठपुतलीसमेत भनेकी थिइन । त्यसको जवाफमा आलियाले आफूले कंगनाको निक्कै नै सम्मान गर्ने गरेको तर भुलवस आफूबाट भएको कुनै गल्तीले कंगनाको चित्त दुखेको हुनसक्ने बताएकी थिइन ।
अहिले फेरि तिनै आलियाले विगतको कुरालाई विर्सिएर कंगनालाई पद्मश्रीको लागि बधाई दिँदै फूल पठाएको कुरा सार्वजनिक हुँदा आलियाको प्रशंसा भइरहेको छ । बलिउडमा कंगना रनावतसँगै फिल्म निर्माता तथा निर्देशक करण जोहर र एकता कपूरलाई पनि पद्मश्री पुरस्कार दिइने भएको छ ।
यतिबेला कंगना रनावतको फिल्म ‘पंगा’ पदर्शनमा रहेको छ । यस फिल्म बाहेक कंगना आगामी फिल्म जयललिताको बायोपिक ‘थलाइवी’ ‘धाकड’ र ‘तेजस’ फिल्ममा देखिने छिन् ।
यस्तै अभिनेत्री आलिया भट्ट यतिबेला सञ्जय लीला भन्सालीको फिल्म ‘गंगूबाई काठियावाडी’ र अयान मुखर्जीको फिल्म ‘ब्रम्हास्त्र’मा काम गरिरहेकी छिन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।