भाषाविद् चूडामणि गौतमको निधन
फागुन १३, २०८१ मंगलबार
काठमाण्डौ - प्रधानमन्त्री केपी शर्मा ओलीले नवनिर्वाचित प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटालाई सफल कार्यकालको शुभकामना दिनुभएको छ । उहाँलाइ बधाइ दिँदै प्रधानमन्त्री ओलीले सरकार र संसदले पनि आफ्नो काम तीव्र गतिमा अगाडि बढाउनुपर्नेमा जोड दिनुभएकाे छ ।
उहाँले कानुन र नियमसंगत तरिकाले संसदलाई मर्यादित ढंगले अघि बढाउने विश्वास व्यक्त गर्दै सरकारले सभा सञ्चालनमा पूर्ण सहयोग रहने पनि प्रतिबद्धता जनाउनुभयो। सर्वसम्मत रुपमा सभामुख चयन हुने वातावरण निर्माण हुनु सकरात्मक संकेत भएको भन्दै उहाँले प्राथमिकता निर्धारण गर्ने सवालमा विचार गरेर अघि बढ्नुपर्ने बताउनु भएकाे छ ।
उहाँले भ्रमण वर्ष २०२० को सुरुमा नै प्राकृतिक दृष्टिले केही धक्का महसुस भएको भन्दै त्यसलाई सावधानीपूर्वक समाधान गर्ने तयारीमा सरकार लागेको बताउनुभयो ।
‘नयाँ वर्ष २०२० लाई हामीले नेपाल भ्रमण वर्षको रुपमा अगाडि सारेका छौँ। सुरुमै हामीलाई केही धक्काका संकेतहरु प्राकृतिक दृष्टिले देखा परेका छन् । जसलाई हामीले सावधानी पूर्वक सामना गर्नुपर्ने छ । सरकार त्यसको तयारीमा सरकार लागेको छ’, उहाँले भन्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।