नेपाल पर्यटन बोर्डको सीईओमा डा. धनञ्जय रेग्मी नियुक्त

 माघ १४, २०७६ मंगलबार २०:१२:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सरकारले नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत सीईओमा डा. धनञ्जय रेग्मीलाई नियुक्त गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डन मन्त्रालयका सचिव केदारबहादुर अधिकारी संयोजक रहेको छनौट समितिले मंगलबार रेग्मीलाई छनौट गरेको हो । अन्तिम सूचीमा परेका हिक्मत ऐर र दिपक बस्ताकोटीसहित ३ जनामध्येबाट गएको हप्ता नै सीईओ छान्नुपर्ने भए पनि समितिले मंगलबार रेग्मीलाई नियुक्त गरेको हो ।

स्याङ्जा घर भएका रेग्मी जलवायु परिवर्तनका अध्येता र पर्यटन व्यवसायी पनि हुनुहुन्छ । उहाँ जलविद्युतका लगानीकर्ताका रुपमा पनि चिनिनुहुन्छ ।

नेपाल भ्रमण वर्ष चलिरहँदा पर्यटन बोर्डको प्रमुख पद खाली रहेको भन्दै आलोचना भैरहेको थियो । मंगलबार नियुक्त हुनुभएका पर्यटन बोर्डका सीईओ रेग्मीले आफ्नो पहिलो प्राथमिकता भ्रमण वर्षलाई सफल बनाउनु रहेको र बोर्डभित्र रहेका बेथितिको अन्त्य गर्ने रहेको बताउनुभएको छ ।

उहाँको कार्यकाल ४ वर्षको हुनेछ । 

अन्तिम अपडेट: फागुन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया