पाँच वर्षसम्म वर्तमान सरकार ढल्दैन : प्रचण्ड

 जेठ १०, २०७५ बिहिबार १६:२१:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं, जेठ १० – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकार पाँच वर्षसम्म नढल्ने दावी गर्नु भएको छ । 

अध्यक्ष दाहालले सरकार लोकतान्त्रिक मूल्य र मान्यता अनुसार अघि बढने पनि स्पष्ट पार्नु भयो । बिहीबार काठमाडौंमा आयोजित नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनको १२ औं स्थापना दिवस तथा आर्थिक समृद्धि विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले कामको आधारमा मूल्यांकन गर्ने परिपाटीको स्थापनाका लागि पनि दीगो र बलियो सरकार स्थापना गरिएको पनि स्मरण गराउनुभयो । अध्यक्ष दाहालले सरकार कसैले हिल्याएर नहिल्ने दावी पनि गर्नु भयो । उहाँले विगतमा सरकार अस्थिर भएको पीडाबोध भएपछि एमाले र माओवादी केन्द्रबीच एकीकरण गरेर सरकारलाई बलियो बनाउनु परेको पनि उल्लेख गर्नु भयो ।

अध्यक्ष दाहालले जनता र राष्ट्रको आर्थिक जीवनमा रुपान्तरण गर्न दुई पार्टीबीच एकीकरण गर्नु परेको पनि दोहो¥याउनुभयो । उहाँले विकास, समुन्नति र सुशासनको माध्यामबाट जनताको आर्थिक जीवनमा परिवर्तन नल्याए वर्तमान सरकारका लागि ठूलो चुनौती हुने पनि उल्लेख गर्नुभयो । 

उहाँले मुलुकलाई समृद्धिको दिशामा अघि बढाउन अनुकूल वातावरण बनेको भन्दै त्यसलाई अवसरको रुपमा लिएर अघि बढने प्रतिवद्धता व्यक्त गर्दै जनताले सरकारबाट ठूलो अपेक्षा गरेको पनि बताउनुभयो ।

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया