एनआईसी एसिया र सामसङ मोबाइलबीच सम्झौता : सामसङका स्मार्टफोन खरिदमा छुट

 माघ १५, २०७६ बुधबार १५:५२:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - एनआईसी एसिया बैंक लिमिटेड र सामसङ मोबाइलबीच बैंकका ग्राहकलाई सामसङ ग्यालेक्सी एस १० तथ १० प्लस र ग्यालेक्सी नोट १० तथा १० प्लसको खरिदमा छुट प्रदान गर्ने सम्झौता भएको छ ।

बैंकको डेबिट, क्रेडिट कार्ड वा मोबाइल बैङ्किङ्ग सेवामार्फत बैंकको पीओएस र क्यूआर प्रयोग गरी मोबाइल खरिद गर्ने ग्राहकलाई १५ प्रतिशत वा अधिकतम ३ हजार रुपैयाँसम्म छुट प्राप्त गर्ने सहमति भएको हो । 

सम्झौतापत्रमा बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र सामसङको नेपालमा रहेको कार्यालयका जनरल म्यानेजर प्रणय रत्न स्थापितले हस्ताक्षर गरे ।

माघ १२ गतेदेखि फागुन १६ गतेसम्म लागू हुने यो योजनाबाट बैंकका ग्राहकले अधिकतम लाभ लिन सक्नेछन् । बैंकले आफ्नो रणनीतिअनुसार कार्ड तथा मोबाइल बैङ्किङ्गबाट गरिने विद्युतीय भुक्तानीलाई  प्रवर्द्धन गर्दै आइरहेको छ ।

साथै ग्राहकले विभिन्न सामान तथा सेवा खरिद गर्दा देशभर २ हजार २५ भन्दा बढी मर्चेन्टहरुबाट १ प्रतिशत देखि ५० प्रतिशत सम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

याे छुट देशभर रहेको विभिन्न २ सय ५ अस्पताल, ६ सय  होटल, रिर्सोट तथा रेस्टुरेन्ट, ९ सय रिटेल आउटलेट तथा ३ सय २० विभिन्न सेवा तथा सामान बिक्री गर्ने स्थानहरुबाट ग्राहकहरुले सजिलै प्राप्त गर्न सकिनेछ ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया