टिप्परकाे ठक्करबाट ज्यान गुमाएका युवाका आफन्तले गाडी चल्न दिएनन्

 माघ १६, २०७६ बिहीबार ९:६:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

सुर्खेत – टिप्परको ठक्करबाट ज्यान गुमाएका युवाका आफन्तले राहतको माग गर्दै बिहीबार गाडी चल्न दिएका छैनन् ।

उनीहरुको विरोध प्रदर्शनका कारण बिहानैदेखि सुर्खेतमा गाडी चलेका छैनन् भने सुर्खेत हुँदै बाहिरिने गाडी पनि रोकिएका छन् ।

ठक्कर दिने टिप्पर धनी सम्पर्कमा नआएकाले पीडित परिवारसँग वार्ता हुन नसकेको सुर्खेतका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले जानकारी दिनुभयो ।

गएकाे मङ्गलबार वीरेन्द्रनगरमा टिप्परको ठक्करबाट कालिकोटका केशरबहादुर सिंहको ज्यान गएपछि आफन्तले प्रदर्शन गरिरहेका छन् ।

अन्तिम अपडेट: माघ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया