कामै नगरेका आयोगले बुझाए वार्षिक प्रतिवेदन

 माघ १७, २०७६ शुक्रबार १५:४०:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – कामै नगरेका र पूर्णता समेत नपाएका आयोगहरुले आफ्नो वार्षिक प्रतिवेदन बुझाएका छन् । 

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा ती आयोगका वार्षिक प्रतिवेदन पेश गरिएको हाे । सरकारको तर्फबाट स्वास्थ्य तथा जनसंख्या एवं कानून न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले आयोगहरुका प्रतिवेदन पेश गर्नुभएको हो । 

राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोग, राष्ट्रिय समावेशी आयोग, मधेसी आयोग, थारु आयोग र मुस्लिम आयोगले अझै पूर्णता पाएका छैनन् । बैठकमा राष्ट्रिय मानवअधिकार आयोग , लोकसेवा आयोग र न्याय परिषद र न्याय सेवा आयोगका २०७५/७६ को वार्षिक प्रतिवेदन पनि पेश भएका छन् ।

शुक्रबारको बैठकमा प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) पहिलो संशोधन विधेयक २०७५ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश बैठकलाई जानकारी गराउनुभएको थियो । 

त्यसैगरी सचिव योगीले नेपाल इञ्जिनियरिङ परिषद् (पहिलो संशोधन )विधेयक २०७६ र संघ, प्रदेश र पालिका (अन्तरसम्बन्ध व्यवस्थापन) विधेयक २०७६ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गर्नुभएको थियो ।

प्रतिनिधिसभाको अर्को बैठक अगामी मंगलबार १ बजेका लागि बोलाइएको छ ।  

अन्तिम अपडेट: चैत २६, २०८०

तपाईको प्रतिक्रिया