चर्चमा भएको भागदौडका क्रममा ताञ्जानियमा बीस जनाकाे ज्यान गयाे

 माघ १९, २०७६ आइतबार १९:३:५० | रासस
unn.prixa.net

काठमाण्डौ - चर्चमा भएको आकस्मिक भागदौडका क्रममा ताञ्जानियामा कम्तीमा २० जनाको ज्यान गएको छ । देशको उत्तरतर्फ रहेको चर्चमा भएको घटनामा परेर उनीहरुको ज्यान गएकाे सरकारी अधिकारीहरुले आइतबार जानकारी दिएका छन् ।

जिल्ला आयुक्त किप्पी वारीओबाले मोशी शहरमा भएको घटनामा परी ज्यान गुमाउनेकाे सङ्ख्या अझ बढ्ने खतरा रहेको बताउनुभयो । उहाँका अनुसार घटना शनिबार दिउँसो भएको हो ।

‘घटनामा परेर कम्तीमा २० जनाको मृत्यु भएको छ, अरू केही घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृत्यु हुनेको सङ्ख्या अझ बढ्न सक्ने देखिएको छ,’ उहाँले भन्नुभयाे । 

शनिबारीय साप्ताहिक प्रार्थनाका लागि भेला भएकाहरुको एकाएक भागदौड हुँदा च्यापिएर ज्यान गएको वारीओबाले बताउनुभयो । तान्जानियाका मन्त्रीसमेत रहेका चर्चित पादरी बोनिफाक म्वाम्पोसाले प्रार्थनाको नेतृत्व गर्नुभएको थियो । 

उहाँले आफूलाई ‘ईश्वर दूत’का रुपमा व्याख्या गरिरहेका बेला भागदौड मच्चिएको प्रत्यक्षदर्शीले जनाएका छन् ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया