सडक छेउमा रहेका १८ पेट्रोल पम्प हटाइने

 माघ २०, २०७६ सोमबार ८:९:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ -  उपत्यकाको सडक सुधार तथा ट्राफिक व्यवस्थापन कार्यक्रम अन्तर्गत सडक छेउका १८ वटा पेट्रोल पम्प हटाइने भएकाे छ । काठमाण्डौका १२ र ललितपुरका ६ वटा पेटोल पम्प हटाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नेपाल आयल निगम र ट्राफिक प्रहरी महाशाखालाई पत्राचार गरेको हो ।

सडक छेउका र सडकको घुम्तीमा रहेका पेट्रोल पम्पको व्यवस्थापन गर्न पत्राचार गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।  

नेपाल आयल निगमका निर्देशक तथा प्रवक्ता वीरेन्द्र गोइतले काठमाण्डौ उपत्यकाको बढी मात्रामा गाडी आवागमन हुने सडक छेउ र सडक घुम्तीमा रहेका पेट्रोल पम्प हटाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट निगमलाई पत्र प्राप्त भएको बताउनुभयो। 

गोइतकाअनुसार कोत थुकु पेट्रोल पम्प बालाजु, जयन्ती पेट्रोल पम्प, थापाथली, कनक पेट्रोल पम्प कालीमाटी, मायाराम भोलाराम पेट्रोल पम्प थापाथली, त्यस्तै कलँकीका बाबा, श्यामा र त्रिशूल पेट्रोलपम्प हटाइने छ ।

यस्तै कोटेश्वरका भ्याली रिकेश र कामाख्या पेट्रोल पम्प, बौद्धका जुबी र बराल पेट्रोल पम्प र महाराजगञ्जको सीता पेट्रोल पम्प पनि हटाइनेछ । यस्तै चापागाउँमा रहेका बज्रबराही, बालकुमारी र टीकाभैरव पेट्रोलपम्प, जावलाखेलका साझा पेट्रोल पम्प, एच पी इन्टरनेसनल र गायत्री पेट्रोल पम्प हटाइने निगमले जनाएको छ ।

निगमका निर्देशक तथा प्रवक्ता गोइतले पेट्रोल पम्पलाई पम्प हटाउन वा सार्न प्रक्रिया सुरु गर्न १५ दिनको समयावधि दिइएको पनि बताउनुभयो ।  

अन्तिम अपडेट: फागुन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Gopal jee

    Feb. 3, 2020, 8:30 a.m.

    Why not to remove Three Brothers from Baneshwor chowk, near to Standard Charters Bank?

  •  0 Reply

तपाईको प्रतिक्रिया