चिनियाँ कामदार नफर्कँदा सात महिनादेखि जलविद्युत् आयोजनाको काम ठप्प

 माघ २०, २०७६ सोमबार १७:४६:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

रसुवा – रसुवामा निर्माणाधीन फलाखु खोला जलविद्युत् आयोजनामा कार्यरत कामदार नफर्कँदा काम रोकिएको छ । नौकुण्ड गाउँपालिका १ काे थाङदोरमा निर्माण भैरहेको आयोजनाको काम गएको असारदेखि रोकिएको हो । 

वर्षाको समयमा काम गर्न नसकिने भन्दै चिनियाँ कामदार आफ्नै देश फर्किएका थिए । त्यसपछि उनीहरू आयोजनामा फर्किएका छैनन् । पहिले अर्को परियोजनामा कार्यरत चिनियाँ कामदार ल्याएर काम गराइएको थियो । उनीहरूको अर्को परियोजनाको समयसीमा सकिएसँगै उनीहरू चीन फर्किएका थिए । 

वर्किङ भिसामा विदेशी कामदार ल्याउनका लागि प्रक्रियागत झन्झटका कारण कामदार ल्याउन ढिलाइ भएको बेत्रावती हाइड्रो इलेक्ट्रिक कम्पनीले जनाएको छ । 

अहिले कोरोना भाइरसको त्रासका कारण तत्कालै चिनियाँ कामदार आउने सम्भावना नरहेको कम्पनीले जनाएको छ । १४ दशमलव ७ मेगावटको आयोजनाको ३० प्रतिशत काम सकिएको छ । डेड वर्षभित्र निर्माण कार्य सकाउने आयोजनाले जनाएको छ । 

यो आयोजना चिनियाँ ठेकेदार चोङकिङ वाटर टर्वाइन वक्स कम्पनी लिमिटेड (सीडब्ल्यूटीडब्ल्यू) ले निर्माण गरिरहेको छ । आयोजनाले जग्गा अधिग्रहण, लाइन निर्माण, बाटो निर्माण र क्याम्प निर्माण सम्पन्न गरिसकेको छ । 

यार्सामा हेडवक्स रहने आयोजनाको घिचेतमा पावर हाउस रहनेछ । आयोजनाको लागत दुई अर्ब ४० करोड रुपैयाँ रहेको छ । दुई हजार तीन सय मिटर टनेल र एक हजार आठ सय मिटर पेनस्टक रहने आयोजनाले जनाएको छ । जसमा तीन सय मिटर टनेल निर्माण भैसकेको छ ।

आयोजनाको सुरक्षाको लागि नेपाली सेनाको कालीजङ्ग गणको क्याम्प राखिएको छ ।  

अन्तिम अपडेट: फागुन १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया