काेराेना भाइरस : चीनमा २० हजारभन्दा बढी सङ्क्रमित, एकैदिन ६४ जनाकाे ज्यान गयाे

 माघ २१, २०७६ मंगलबार ६:३६:५३ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – चीनमा तीव्ररुपमा फैलिरहेको कोरोना भाइरसका कारण ज्यान गुमाउनेको सङ्ख्या लगातार बढिरहेको छ । 

काेराेनाका कारण चीनमा मात्रै २० हजार चार सयभन्दा बढी मानिस सङ्क्रमित भएका छन् । त्यस्तै हङकङमा फेरि १५ जना, मकाओमा आठ जना र ताइवानमा १० जनामा सङ्क्रमण देखिएको छ । 

चिनियाँ अधिकारीहरुका अनुसार कोरोना भाइरसका कारण चीनमा अहिलेसम्म कम्तीमा चार सय २५ जनाको ज्यान गैसकेको छ । ६ सय ३२ जना उपचारपछि ‘डिस्चार्ज’ भएको दाबी गरिएको छ ।

चीन बाहिर फिलिपिन्समा पनि केही दिनअघि एक जनाको ज्यान गैसकेको छ । विश्व स्वास्थ्य सङ्गठनले विश्वव्यापी स्वास्थ्य आपतकालको घोषणा गरिसकेको छ । 
चीनमा एकैदिन तीन हजारभन्दा बढीमा सङ्क्रमण देखिएको र सोमबारमात्रै ६४ जनाको ज्यान गएको अधिकारीहरुले बताएका छन् । 

चीनभन्दा बाहिर २४ देशमा गरी अहिलेसम्म एक सय ५० जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको पुष्टि भैसकेको छ । 

कोरोना भाइरसमा ज्यान गुमाउनेको सङ्ख्या सन् २००२–०३ मा सार्स भाइरसका कारण ज्यान गुमाउनेभन्दा धेरै भैसकेको छ । चीन र हङकङमा फैलिएको ‘सार्स’ भाइरसका कारण तीन सय ४९ जनाको ज्यान गएको थियो ।  

यसैबीच अमेरिकाले कोरोना भाइरसलाई लिएर त्रास फैलाइरहेको चीनले आरोप लगाएको छ । 

अमेरिकाले कोरोना भाइरसको प्रकोपलाई लिएर सार्वजनिक स्वास्थ्य आपतकालको घोषणा गरेको छ । साथै अमेरिकाले पछिल्ला दुई हप्तामा चीन भ्रमण गरेका विदेशी नागरिकलाई अमेरिका प्रवेश गर्न नदिने बताएको छ । 

चीनको विदेश मन्त्रालयले अमेरिकाको फैसलाले डरको वातावरण सिर्जना भएको बताएको छ । चीनको विदेश मन्त्रालयका प्रवक्ता हुआ चुनयिङ्गले भने, ‘अमेरिकाले सहयोग गर्नुको साटो डर फैलाइरहेको छ ।’

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • तेज बान्तावा राई

    Feb. 4, 2020, 11:06 p.m.

    विश्व हल्लाई रहेको भाइरसले जत्ति मान्छे मऱ्यो, यो अवधीमा त्यो भन्दा बढी मान्छे नेपालमा एक्सिडेन्टमा मरिरहेका छन् । अमेरिकामा उत्तिकै संख्यामा स्कूल-कलेजमा अन्धाधुन्द गोलाबारीबाट विद्यार्थीहरु खतरामा छन् । त्यता तिर चाहीँ वास्ता व्यस्ता छैन खाली त्रासदी फैलाएको छ, आतंक सिर्जना गरेको छ । यो संसारमा अमेरिका जत्तिको आतंककारी कोही पनि छैन ।

  •  0 Reply

तपाईको प्रतिक्रिया