बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझा नियुक्त
फागुन १३, २०८१ मंगलबार
काठमाण्डाै – सुनको भाउ आज तोलामा आठ सय रुपैयाँले घटेको छ ।
सुन बुधबार तोलाको ७५ हजार दुई सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
मङ्गलबार तोलामा पाँच सय रुपैयाँले घटेको सुनको भाउ आज तोलामा ८ सय रुपैयाँ घटेको हो । अन्तर्राष्ट्रिय बजारमा शेयर कारोबारमा सुधार आएपछि सुनको भाउ घट्न थालेको महासङ्घअन्तर्गतको भाउ निर्धारण समितिले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा लगानीकर्ताको आकर्षण सुनमा बढ्दा भाउ बढ्ने र घट्दा भाउ पनि घट्ने गर्छ । मङ्गलबार शेयर कारोबार उकालो लागेपछि सुनको भाउ घटेको समितिका संयोजक तेजरत्न शाक्यले जानकारी दिनुभयो ।
यस्तै चाँदी आज तोलामा पाँच रुपैयाँ घटेर तोलाको आठ सय ७५ रुपैयाँमा कारोबार भैरहेको महासङ्घले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।