बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझा नियुक्त
फागुन १३, २०८१ मंगलबार
बाजुरा – रुघाखोकी र ज्वरोका बिरामी बढेको बाजुराको हिमाली गाउँपालिका ६ बोल्डिक गाउँमा अझै पनि डाक्टर पुग्न सकेका छैनन् ।
नजिकै स्वास्थ्यचौकी पनि नभएको र अहिले गाउँपालिकाकै तर्फबाट दुई वटा स्वास्थ्य इकाइ विस्तार गरी औषधि वितरण भैरहेको हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्लले उज्यालोलाई जानकारी दिनुभयो ।
स्रोत तथा साधन अभाव भएकाले केही दिनमा गाउँपालिकाले पनि धान्न सक्ने अवस्था नरहेको उहाँको भनाइ छ । अहिलेसम्ममा गाउँपालिकाले सञ्चालन गरेको स्वास्थ्य शिविरमा दुई सय १५ जनाले जाँच गराएका छन् ।
स्वास्थकर्मी कम भएकाले धनगढीबाट ल्याब टेक्निशियन र काठमाण्डाैबाट डाक्टर लैजाने तयारी भएको गाउँपालिकाले जनाएको छ । रुघाखोकी मात्रै हो या अरु नै केही हो भनेर अहिलेसम्म यकिन हुन सकेको छैन ।
९० घर रहेको बोल्डिक गाउँमा दुई सयभन्दा धेरै बिरामी परेकाे स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । गाउँमा बिरामी बढेपछि स्थानीय एन्जल बोर्डिङ स्कुल पाँच दिनका लागि बिदा दिइएको छ भने विद्यार्थी बिरामी परेका कारण भवानी माध्यामिक विद्यालयको पढाइ पनि प्रभावित भएको शिक्षक देबु मल्लले जानकारी दिनुभयो ।
गएको बिहीबार सरस्वती पूजाको दिनदेखि एन्जल स्कुलका ३० विद्यार्थीबाट रुघाखोकी र ज्वरो सुरु भएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।