कुखुराको भाउ महँगो हुनुको कारण खोज्दै सरकार, 'किसानको लगानी जोगाउन भाउ बढाएका हाैँ'– व्यवसायी

 माघ २२, २०७६ बुधबार १२:३७:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डाै – सरकारले कुखुराको भाउ महँगो हुनुको कारण खोज्न थालेको छ । एक महिनामै किलोमा एक सय ६० रुपैयाँ भाउ महँगो भएपछि सरकारले कुखुराको भाउ महँगो हुनुको कारण खोज्न थालेको हो ।

मूल्य बढ्नुको कारणबारे पोल्ट्री, दाना, अण्डा र कुखुरापालक सङ्घलाई स्पष्टीकरण सोधेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले कारबाही प्रक्रियाका लागि पशुसेवा विभागसँग छलफल गर्न लागेको वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका निर्देशक नेत्रप्रसाद सुवेदीले उज्यालोलाई जानकारी दिनुभयो ।

स्पष्टीकरण सोधिएकाबाट जवाफ प्राप्त भएको र उनीहरुको जवाफ तथा कारबाहीको प्रक्रियाका बारेमा पशु सेवा विभागका पदाधिकारीसँग थप छलफल गर्न लागेको उहाँले बताउनुभयो ।

व्यवसायीहरुले यसअघिको मासुको मूल्यबाट किसानको लगानी समेत नउठेकोले भाउ बढाउन आवश्यक रहेको जवाफ दिएका छन् । चल्ला उत्पादकले गएको मङ्सिर २९ गतेबाट १० दिनसम्म चिकेन होलिडे मनाएर झण्डै ४० लाख चल्ला तथा ६० लाख अण्डा नष्ट गरेका थिए ।

अहिले कुखुरा कम भएपछि किलोमा एक सय ६० रुपैयाँ बढेर कुखुराको मासु किलोको चार सय २० रुपैयाँ पुगेको छ । व्यवसायीले भाउ बढाउन जानीजानी चल्ला र अण्डा नष्ट गरेको भन्दै उपभोक्ता भने आक्रोश भएका छन् । 

अन्तिम अपडेट: फागुन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया