नेपाल टेलिकमलाई गुणस्तरमा ध्यान दिन सञ्चारमन्त्री बाँस्काेटाकाे आग्रह

 माघ २२, २०७६ बुधबार १९:३:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सेवाको गुणस्तरमा ध्यान दिन नेपाल टेलिकमलाई आग्रह गर्नुभएको छ ।  

बुधबार नेपाल दुरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को १६ औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै सेवाको पहुँचको विस्तारपछि आउने चुनौती र गुणस्तरमा सुधार गर्दै आगाडि बढ्न उहाले सुझाव दिनुभएको हो ।

उहाँले छोटो समयमा टेलिकमले उल्लेख्य प्रगति गरेको बताउनुभयो। उहाँले भन्नुभयो ‘पहुँचको विस्तारपछि गुणस्तरमा सुधार गर्नुपर्छ ।  सेवा मात्रै विस्तारित गरेर भूभाग मात्रै कब्जा गरेर हुँदैन ।’ 

मन्त्री बाँस्काेटाले पछिल्लो एक वर्षमा कम्पनीले बहुप्रतीक्षित फोरजी सेवा परियोजना देशैभरी पुर्‍याउन सफल भएको समेत बताउनुभयो । उहाँले प्रदेश ५ र गण्डकी प्रदेशको अप्टिकल फाइबर विस्तारको काम पनि छिट्टै गर्ने बताउनुभयो ।

मन्त्री बाँस्कोटाले टेलिकममा कार्यरत केही कर्मचारीहरु आन्दोलन गरिरहेको उल्लेख गर्दै जायज माग भए सम्बोधन गरिने तर राजनीति गर्नेलाई ठेगान लगाइने बताउँदै भन्नुभयो, ‘राजनीति गर्नेभए पार्टी कार्यालय जानुस् ।’  

उहाँले राजनीतिका लागि राजनीति नगर्न र संस्थाको लागि काम गर्न आग्रहसमेत गर्नुभयो । उहाँले कर्मचारीको आन्दोलनका कारण गोरखकाली रबर उद्योग र टिम्बर कर्पोरेसनको जस्तो अवस्थामा टेलिकमलाई पुर्‍याउने खेल भइरहेको समेत बताउनुभयो ।

टेलिकमले वार्षिकोत्सव मनाइरहँदा आधिकारिक ट्रेड युनियनका असन्तुष्ट कर्मचारीहरु टेलिकमको शेयर कर्मचारीले पाउनुपर्ने, करारका कर्मचारीको नोकरी अवधि गणना हुनुपर्ने लगायतका विषयमा माग राख्दै आन्दोलन गरेपछि मन्त्री बाँस्कोटाले असन्तुष्टि जनाउनुभएको हो ।

अन्तिम अपडेट: फागुन ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया