चीनबाट आउने नेपालीलाई घृणा नगरौँ : मन्त्री बाँस्कोटा

 माघ २३, २०७६ बिहिबार १६:३९:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सरकारले चीनको हुवेइ क्षेत्रमा रहेका नेपाली र नेपालमा रहेका अभिभावकलाई नआत्तिन आग्रह गरेको छ ।

सिंहदरबारमा बिहीबार भएको नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री बाँस्काेटाले उनीहरुलाई फर्काउन पहल गरिरहेको भन्दै नआत्तिन आग्रह गर्नुभयो । चीन सरकारले नेपालीको स्वास्थ्यको ग्यारेन्टी गरेको जानकारी गराएको र चीनमा एक्लो भएपनि नेपालमा भन्दा सुरक्षित रहेको बाँस्कोटाले बताउनुभयो ।

हुवेइमा रहेका नेपालीलाई ल्याउन जहाजको समस्या नरहेको तर यहाँ व्यवस्थापन गर्ने काम भैरहेको मन्त्री बाँस्कोटाले बताउनुभयो । कोरोना संक्रमण भएकालाई चीनले नै देश छाड्न नदिने भएकाले चीनबाट फर्कनेहरुलाई घृणाको व्यवहार नगर्न पनि सबै नेपालीसँग मन्त्री बाँस्कोटाले आग्रह गर्नुभयो ।

उनीहरुलाई नेपाल ल्याएपनि १४ दिनसम्म सुरक्षित ठाउँमा राख्नुपर्ने र अरुको सम्पर्कमा जान नमिल्ने भएकाले झण्डै २ सय जनालाई व्यवस्थापन गर्न पनि ठुलो तयारी गर्नुपरेको सरकारका प्रवक्ता बाँस्कोटाले बताउनुभयो ।
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया