उचित समयमा संविधान संशोधन हुन्छ : नेकपा अध्यक्ष दाहाल

 माघ २३, २०७६ बिहिबार १९:३९:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

सिरहा - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हिमाल, पहाड, तराई–मधेश सबैलाई एकताको सुत्रमा जोड्ने जिम्मेवारी आफ्नो काँधमा आएको बताउनुभएकाे छ। 

सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकामा बिहीबारदेखि सुरु भएको दोश्रो झण्डा मेला महोत्सव २०७६ को उद्घाटन गर्दै अध्यक्ष यस्ताे बताउनुभएकाे हाे। 

तराइ-मधेश, हिमाल र पहाडका ऐतिहासिक, सांस्कृति कुराहरु बुझेर देशलाई एकताको सुत्रमा बाँध्नका लागि आफूले पुलको भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयाे ।

सम्बाेधनकै क्रममा मधेशका असन्तुष्ट दलहरुप्रति लक्षित गर्दै अधिकार र पहिचान कायम गर्न  लागि आफू समर्पित रहेको बताउँदै उहाँले भन्नुभयाे, ‘हामी सम्पूर्ण जनताको अधिकार आवश्यक समयमा संविधान संशाेधन गरेरै भए पनि पूरा गर्नेछौँ’, उचित समयमा संविधानपनि संशोधन हुन्छ ।’ 

मधेशको विकासबिना मधेशी जनताको आवश्यकतालाई सम्बोधन गर्न सकिन्न भन्ने कुरामा आफू र आफ्नो पार्टीले बुझेको उहाँले बताउनुभयाे ।

सम्बाेधनकै क्रममा अध्यक्ष दहालले सिरहा आफ्नो माईतीघर भएको भन्दै ‘छोरीलाई माइती आउँदा जस्तो अनुभव हुन्छ, आफूलाई पनि सिरहा आउँदै त्यस्तै महसुस हुन्छ’ भन्ने वाक्य छुटाउनुभएन ।

उहाँले मधेशको नाममा खुलेका दल कोही सरकारबाट फर्किने र कोही पस्ने गर्दा मधेशवासीले अधिकार नपाउने भन्दै अधिकार प्राप्तिका लागि सम्पूर्ण मधेशमात्र नभइ पहाडियाहरुसँग पनि सहकार्य गर्नु जरुरी रहेकाे बताउनुभयाे ।

‘कला संस्कृति हामो स्वाभिमान, समृद्ध सखुवानन्कारकट्टी हामो पहिचान’ भन्ने मूल नाराका साथ सुरु भएको झण्डा मेला महोत्सव फागुन ३ गतेसम्म चल्ने आयोजकले जनाएको छ । 

महोत्सवमा एकसय वटा विभिन्न स्टल रहेका छन् । महोत्सवमा सूर्य चन्द्रअङ्कित नेपालको राष्ट्रिय झण्डालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन झण्डा महोत्सव नामाकरण गरिएको हाे ।

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया