विदेशी मुद्राको मूल्यमा थोरै घटबढ

 साउन ८, २०७५ मंगलबार १०:३९:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २९ रुपैयाँ ३० पैसा र बिक्रिदर २९ रुपैयाँ ४६ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर ३० रुपैयाँ १८ पैसा र बिक्रिदर ३० रुपैयाँ ३४ पैसा छ । युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ  ९१ पैसा र बिक्रिदर ३० रुपैयाँ ०८ पैसा तोकेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ०४ पैसा र बिक्रिदर २७ रुपैयाँ १९ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ६९ पैसा र बिक्रिदर ९ रुपैयाँ ७४ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ६३ रुपैयाँ ११ पैसा छ भने बिक्रिदर ३ सय ६५ रुपैयाँ ०९ पैसा रहेको छ ।

बहराइन दिनार एकको खरिददर २ सय ९० रुपैयाँ ५२ पैसा र बिक्रिदर २ सय ९२ रुपैयाँ ११ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।
 

अन्तिम अपडेट: चैत २५, २०८०

1 Comments

  • सुनिल बुढा मगर

    July 24, 2018, 11:24 a.m.

    यो पैसाको घटबढ हुनुनै नेपालीलाइ घाता हुनु होइन र एक त गरिब झनै गरिब बनाउने भए बिदेशीहरुले

  •  0 Reply

तपाईको प्रतिक्रिया