चीन भ्रमणमा ऋणसम्बन्धी कुनै सम्झौता हुँदैन : प्रधानमन्त्री ओली
मंसिर १०, २०८१ सोमबार
भारतको दिल्ली विधानसभा निर्वाचनमा मुख्यमन्त्री अरविन्द केजरीवालको आमआदमी पार्टी भारी बहुमततर्फ अग्रसर भएको छ । मंगलबार बिहान ९ बजेदेखि जारी मतगणनाको पछिल्लो रुझानअनुसार ७० विधानसभा सिटमध्ये केजरीवालको पार्टीले ६३ सिट जित्ने लगभग पक्का छ ।
यस्तै भारतीय सञ्चारमाध्यमहरुका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टीले ७ सिटमा चित्त बुझाउनुपर्नेभएकाे छ ।
भाजपा नेता एवं गृहमन्त्री अमित शाह र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलगायत भाजपाका दर्जनौँ ठूला नेताले चुनाव प्रचारमा हप्तौँ खर्चिए पनि भाजपाले सोचेजस्तो सफलता हात पार्न सकेन । अघिल्लाे वर्षको मे मा सम्पन्न पछिल्लो लोकसभा निर्वाचनमा भाजपाले भने दिल्ली प्रान्तका ७ वटै सिट जितेको थियो ।
यस्तै ६ वर्षअघिसम्म तीन पटक लगातार दिल्लीमा शासन गरेको भारतीय कांग्रेस पार्टीले पछिल्लो निर्वाचनजस्तै यस पटक समेत एक सिट पनि जित्ने छाँटकाँट छैन ।
विधानसभामा दुई तिहाइभन्दा पनि ठूलो जित सुनिश्चित भएपछि पार्टी कार्यालयमा आज दिउँसो आयोजित कार्यक्रममा मुख्यमन्त्री केजरीवालले दिल्लीका जनतालाई धन्यवाद मात्र भन्नुभएन । आफ्नो पक्षमा मतदान गरेकोमा उहाँले मतदातालाई ‘आइ लभ यु’ पनि भन्नुभयो ।
साथै हनुमानले दिल्लीमाथि कृपा वर्षाएको भन्दै भगवान हनुमानलाई पनि धन्यवाद दिनुभयो । चुनाव प्रचारको बेला भाजपाले केजरीवाल हिन्दु धर्मविरोधी भएको प्रचार गर्न थालेपछि मुख्यमन्त्री केजरीवालले हनुमान चालिसाको पाठ मात्रै गर्नुभएन । उहाँले मन्दिर मन्दिर गएर पूजापाठ समेत गर्नुभएको थियो । साथै उहाँ र उहाँका पार्टीका नेताहरुले प्रचारप्रसारको क्रममा भाजपाका नेताहरुजस्तै ‘जय श्रीराम’ र ‘जय हनुमान’ को नारासमेत लगाउनुभएको थियो ।
यसरी केजरीवाल र उहाँका नेताहरुले विकास निर्माणमा आफूहरु अगाडि रहेजस्तै हिन्दु धर्मप्रति आस्था प्रकट गर्न भाजपाभन्दा पनि अगाडि रहेको प्रमाण जनतासमक्ष प्रस्तुत गर्नुभएको थियो ।
केजरीवालको यो जितलाई भारतीय विश्लेषकहरुले भाजपाको धर्म, जात र घृणाको राजनीतिमाथि आमआदमी पार्टीको विकास निर्माणको विजय भएको बताएका छन् ।
यसअघि सन् २०१५ को विधानसभा निर्वाचनमा केजरीवालको पार्टीले ६७ सिट जितेर केजरीवाल दोस्रो पटक मुख्यमन्त्री बन्नुभएको थियो । त्यसबेला भाजपाले ३ सिट मात्रै जितेको थियो । त्यसअघिको निर्वाचनमा २८ सिट जितेर केजरीवालले अल्पमत सरकारको नेतृत्व गर्दै पहिलो पटक मुख्यमन्त्री बन्नुभएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।